विश्व इतिहासलाई नियाल्दा संस्कृति र परम्पराको जननीको रुपमा रहेको उत्तर पूर्वी गोलार्धमा अवस्थित नेपाल राष्ट्रका संस्कृति र मुल्यामान्यताहरु साथै परम्परा अनौठा र फरक प्रकृतिका मात्रै छैनन् २१औं सताब्दीको मानव जीवनको दैनिकीसंग पनि प्रत्यक्ष जोडिएका छन् | “नेपाली दर्शन”को रुपमा स्थापित भइसकेको नेपाली संस्कृति भौतिकवाद र विज्ञानको दृष्टिले पनि समयानुकुल नै छ | “सांस्कृतिक बहुलवाद”को सिद्धान्तबाट सिंचित नेपाली संस्कृति, रहनसहन, मूल्यमान्यता, परम्परा र चालचलन हरेक क्षेत्र, जाजजाती र समुदायमा भिन्न किसिमको अनि केहि हदसम्म मिश्रित प्रकृतिको रहेको पाइन्छ |
“अनेकतामा एकता हाम्रो राष्ट्रको विशेषता”- यसै किंवदन्तीबाट पनि प्रमाणित हुन्छ नेपाल एक बहुभाषी, बहुजातीय अनि बहुसांस्कृतिक राष्ट्र हो | यो सबैको बावजुत पनि भाषा, धर्म, जात, संस्कृति इत्यादिलाई लिएर हिंसात्मक दन्द भएको इतिहास बिरलै पाइन्छ | केहि निरङ्कुश शासकले आफ्नो अनुकुलको, आफ्नो चाकरी गर्नेहरुलाई ठुलोजात र तत्कालिनको समयमा कमजोर, चाकरी गर्न नरुचाउनेहरुलाई सनोजात भनि सिर्जना गरेको जातीय विभेदको जराले अहिलेसम्म पनि केहि असर भने गरिरहेको अवस्था छ | तर नेपालमा विधमान कुनै धर्म, संस्कृतिले जातीयताको कुरा गरेको छैन, यद्यपि चालचलन र रहनसहन अनि चाडपर्वहरुमा जातजाति र क्षेत्र समुदाय अनुसार उल्लेख्य विविधता रहेको छ | यस्तो विविधता मजबुत रहेको अवस्थामा पनि इतिहास, विरासत, दैनिकीको प्रकृति, रहनसहन र चालचलनले धेरै फरक-फरक समुदायको बसोवास रहेको नेपलामा कुनै एक समुदायको संस्कृति अनि चालचलनले अर्को समुदायलाई नकारात्मक असर गरेको पाँइदैन भन्न सकिन्छ, जुन नेपाल अनि नेपालीको व्यवहार, प्रचलित संस्कार र संस्कृतिको अति सुन्दर एवम् अनुपम पक्ष हो |
नेपालको तराई देखि हिमाल सम्म अनि पुर्व मेची देखी पश्चिम महाकाली सम्मको भौगोलिक बनोट, प्राकृतिक बनोट, अनि हावापानीको प्रकारमा व्यापक भिन्नता पाइन्छ | कृषि प्रदान नेपाल अनि कृषि पेशामै आश्रित नेपाली समाज आफ्नो आफ्नो क्षेत्र, हावापानी र माटो सुहाउँदो कृषिबाली लगाउने गर्छन | कृषि बालिको साथसाथै जडिबुटीको व्यापक सम्भावना रहेको यस क्षेत्रमा जीवनोपयोगी विभिन्न जातका जडिबुटीहरुको सांस्कृतिक महत्त्वकासाथ उत्पादन र प्रयोग गरेको पाइन्छ | त्यी सांस्कृतिक महत्त्व रहेका जडिबुटीहरु मानव स्वास्थ्यका दृष्टिले अत्यन्तै फलदायी रहेको कुरा विज्ञानले प्रमाणित गरिसकेको छ | संसारको एकमात्र दिनरात सबै भन्दा धेरै अक्सिजन उत्सर्जन गर्ने तुलसीलाई नेपाली संस्कृतिमा घरको आगनमा रोपेर पुजा गर्ने चलन छ | मानव जीवनको उत्तरार्धमा स्वासप्रस्वास जटिल बन्दै गर्दा तुलसीको मोठमा लगेर राख्ने चलन छ | सघन रुपमा अक्सिजन उत्पादन गर्ने पिपललाई पुजा गर्ने अनि संरक्षण गर्ने परम्परा नेपाली समाजमा चलेको पुरातन देखिको चलन हो | मेडिकल क्षेत्रमा कायापलट ल्याउन सक्ने, प्रशोधन पछी अमुल्य अनि अति प्रभावकारी औषधि बन्न सक्ने अदुवा, बेसार, लसुन, तितेपाती, चिराइतो लगायतको धेरै जडिबुटीको धार्मिक एवं सांस्कृतिक महत्त्व रहेको पाइन्छ | यसै पनि कुनै रोग लागेमा वा स्वास्थ्य अवस्था असामान्य भएमा नेपालीहरुको खानपान सामान्य भन्दा फरक प्रकारको हुने गर्छ | स्वस्थ मानिसको खानपानका परिकारहरु भन्दा अस्वस्थ मानिसको खानापानमा जडिबुटीजन्य अनि शक्तिवर्दक परिकार बढी हुन्छन् | अहिलेको विश्वमा आधुनिक चिकित्साशात्रबाट आजित भएका दीर्घरोगी मानिसको संख्या धेरै छ | आधुनिक चिकित्साको क्षेत्रमा आजित भएका त्यस्ता मानिसहरु आयुर्वेदिक चिकित्साको सहायता लिएर सामान्य जीवन जिउन सफल भइरहेको उदाहरणहरु प्रशस्त पाइन्छन | नेपालमा प्राचिन कालदेखि नै विभिन्न आयुर्वेदिक डाक्टर र वैद्यबाट उपचार गराउने साथै आयुर्वेदिक चिकित्सालाई महत्वका साथ लिएको पाइन्छ | अहिले पनि आधुनिक चिकित्साको पहुँचमा नआएका तमाम नेपलीजन जानि नजानी विभिन्न जडिबुटीहरु प्रयोग गर्ने गर्छन् | कतिपय नेपाली परम्परा अनि चाडपर्वमा त त्यी जडिबुटीको प्रयोग बाध्यात्मक पनि छ | यसैगरी नेपाली समाजमा तामाको भाँडोलाई पानी पिउने प्रयोजनमा उपयोग गर्ने परम्परा धेरै पहिले देखि रहिआएको पाइन्छ, जुन मानव स्वास्थ्यको हिसाबले अत्यन्तै फलदायी रहेको कुरा वर्तमान विज्ञानले प्रमाणित गरिसकेको छ |
नेपाल एक कृषि प्रधान देश हो, जहाँ हिउँदे र बर्षे गरि मूलतः दुई प्रकारका बाली लागाइन्छ | असार र मंसिर महिना कृषकका लागि अत्यन्तै महत्वपुर्ण मानिन्छ | असारमा रोपेको खाध्यान्यको मुख्य स्रोत धानबाली मङ्सिरमा भित्र्याउने भएकोले पनि यसलाई खास मानिन्छ | वर्षभरी नेपलामा मनाइने चाडपर्वहरुको संयोजन यसरि मिलाइएको छ की चाडपर्वलाई लिएर आफ्नो दैनिकी गुजार्न गर्नु पर्ने कामहरु, समय अनि मौसम अनुसारका कामहरुमा कुनै किसिमको असर पर्दैन | सबै पेशाका मानिसहरुले आफ्नोआफ्नो धर्मसंस्कृति र परम्परा अनुसारका चाडपर्वमा पारिवारिक र सामुदायिक भेटघाट गर्न, हर्षोल्लास बाँड्न साथै मनोरन्जनात्मक कार्यहरु गर्न अनुकुल समय पर्याप्त हुन्छ | असारमा काम गरेर थाकेको एउटा कृषकको शरिर त्यसपछी लगातै आउने तीज, दशैं, तिहार र छठ पर्वहरुले फुरुङ्ग पारिदिन्छ अनि मंसिरको थाकान मेटाउन माघी, चैते दसैं लागयाताको चाडपर्वहरु पर्याप्त छन् | विभिन्न चाडपर्वबाट एक व्यक्तिले अर्को व्यक्तिलाई गर्नु पर्ने आदरसम्मान, पारिवारिक अनि सामुदायिक सहिष्णुता र पारिवारिक एवं सामाजिक दायित्वबोधको सुन्दर पाठ सिक्ने-सिकाउने र व्यावहारमा उतार्ने गरिन्छ | नेपाली समाजमा पार्यप्त मात्रामा पुजापाठ र अग्निपुजा तथा अग्निहोम हुने गर्छ | पुजाको लागि प्रयोग हुने तील-जौ इत्यादिले मानिसको स्मरण शक्ति र सोच्न सक्ने क्षमता बढाउने अनि अग्निहोममा प्रयोग हुने अन्न, फलफुल र अन्य सामाग्रीहरुको प्रज्वलनबाट निस्कने वायुरस एवं वायुग्याँसले हाम्रो वरपरको वातावारणलाई सुगन्धित बनाउनुको साथै हानिकारक पदार्थ र ग्याँससँग प्रतिक्रिया गरेर स्वच्छ वातावरण निर्माण गर्छ भनेर आयुर्बेद शास्त्रले व्याख्या गरेको छ भने वर्तमान विज्ञानले पनि यस कुरालाई नकार्न सक्ने हैसियत राख्दैन | नेपाली समाजमा रक्षा बन्धन अथवा जनै पूर्णिमाको अवसरमा विभिन्न नौ थरि गेडागुडीलाई क्वाँटी बनाएर अर्थात टुसा अंकुरण हुँदा सम्म भिजाएर खाने चलन छ | वर्तमान विज्ञानले प्रमाणित गरे अनुसार मानव प्रणाली र पाचनरसहरुको उपयोगीताले धेरै आणविक भार भएका जटिल प्रोटिनियस पदार्थलाई केहि तह सम्म मात्रै हाम्रो शरीरले पचाउन सक्ने सामान्य प्रोटिनको रुपमा परिमार्जित गर्न सक्ने हुनाले चना, केराउ, भटमास लागायतका अत्याधिक प्रोटिनयुक्त गेडागुडीबाट प्राप्त हुन सक्ने शक्तिको केहि अंश मात्र मानिसको शारिरमा प्राप्त हुन्छ, तर सबै प्राकारको बिऊ अंकुरण हुँदा अत्याधिक शक्ति आवश्यक पर्छ र त्यो बिऊको दानामा अंकुरणको समयमा सबै जटिल प्रोटिनियस पदार्थ सामान्य प्रोटिनको रुपमा परिमार्जित भएको हुन्छन् | त्यसैले त्यो अंकुरण हुँदै गरेको गेडागुडी सेवन बाट धेरै शक्ति मानव शरीरले प्राप्त गर्छ | यसरी नेपाली परम्परा, चालचलन र चाडपर्व साथै दैनिक भोजनमा प्रयोग हुने, नेपाली सांस्कृतिको महत्त्व दर्शाउने अनि नेपाली दर्शन झल्काउने कुराहरुमा भौतिकवादी विज्ञानको समेत फरक मत छैन तर उल्टै त्यसको सान्दर्भिकता पुष्टि गरिरहेको छ |
मानिस जन्म पश्चात गरिने न्वारण लगायतका कृत्य देखि लिएर मृत्यु पश्चात गरिने पुण्यकर्मको आफ्नो-आफ्नै महत्व रहेको छ | जन्म हुँदाको बखत विभिन्न ग्रह, तारा र नक्षेत्रको अवस्थिति विश्लेषण गरेर जुराइने हरेक व्याक्तिको खास अर्थ बोक्ने पहिलो नामले उसको व्यक्तिगत क्षमता र भविष्यको बारेमा बताउने विश्वास पाइन्छ | बस्नको लागि घर बनाउँदा वास्तुलाई विशेष महत्त्व दिने चलन नेपाली समाजमा धेरै पहिले देखि चलेको पाइन्छ, जसको भौगर्भिक अनि खगोलीय महत्त्व रहेको प्रमाणित भैसकेको छ | मानिसको जीवनको एउटा महत्वपुर्ण पाटोको रुपमा रहेको विवाहमा आगोलाई साक्षी राखेर सात फन्को लागाउने, सात पाइला सँगै हिँड्ने, सातवटा वाचा गर्ने जस्ता अनौठा प्रचलन नेपाली संस्कृतिमा पाइन्छन |
सफलताको कामाना गरि गरिने पुजापाठ होस् वा नित्यकर्मको रुपमा रहेको ध्यानकर्म, धर्मसंस्कृतिले बाध्यात्मक गरेको प्रचलन होस् वा नेपाली समाजमा दैनिकी बनेका पुरातन देखिकै विभिन्न रीतिरिवाज र चालचलनहरु, रमाइलोको लागि गरिने परम्पराको रुपममा स्थापित भैसकेको प्रचलन होस् वा धार्मिक तथा सांस्कृतिक मुल्यमान्यताको रुपमा स्थापित भएका रीतिथितिहरु, सबैको आ-आफ्नै बैज्ञानिक तथ्य रहेको देखिन्छ | विश्वमा बिकास भएका र हुने क्रममा रहेका भौतिकबादका सिद्धान्तहरु, दर्शानशास्त्रका प्रगतिगामी वहसहरु, विश्वका कुनाकुनामा छरिएका सभ्यताको विकासको आधार, रसायनशास्त्रको क्षेत्रमा देखिएको छलाङ, आधुनिक चिकित्सा सँगै आयुर्बेदिक चिकित्साको क्षेत्रमा भैरहेको आकर्षण र यसप्रतिको बढ्दो विश्वासले पनि नेपाली संस्कृति र परम्पराको दृस्टान्त प्रष्ट पारेको छ भने सांस्कृतिक सम्बन्ध र अनेक सभ्यताको आदानप्रदान नेपालभित्र मात्रै नभएर विश्वभरि नै भइरहेको स्पष्ट बुझिन्छ |
यसरि विज्ञान देखी दर्शनशास्त्र सम्म, भौतिक सुख सयलको प्राप्ति देखि आध्यात्मिक सुख प्राप्ति सम्म नेपालमा प्रचलित संस्कृति अनि त्यसको प्रभावमा दैनिकी बनेका नेपाली दिनाचर्याहरुले मानव जीवनका अनेकन पक्षहरुको सुन्दर संयोजन गरेको छ | त्यस्तै नेपालमा बसोबास गर्ने विभिन्न जातजाति र धर्म समुदायको विचित्र किसिमको परम्परा र चालचलनले समग्र नेपाली संस्कृतिलाई हेर्दा देखिने सुन्दर र अनौठो विविधताको अझै जटिल सघनताको नवीनतम उजागर गरेको पाइन्छ | विश्वका अरु संस्कृति भन्दा पृथक नेपाली संस्कृतिले गर्दा मानिसको सामाजिक आचरण र व्यवहारमा उलेख्य भिन्नता रहेको छ | केहि पुरातनबादी र अबैज्ञानिक रीतिरिवाजहरु वर्तमानको विकृतिको रुपमा अड्डा जमाएर बसेको दु:खद उदाहरण पनि हामि माझ नभएको भने होइन | यस्ता केहि तितो यथार्थलाई बिर्सिने हो भने नेपाली संस्कृतिले समाज रुपान्तरणको लागि अनि मानिसको सामाजिक, आर्थिक, राजनीतिक र मानसिक विकासको लागि अत्यन्तै महत्त्वपूर्ण भूमिका खेलेको छ |
समाप्त!
102