जीवन (भाग -१)
जन्मनासाथ खुल्ला वातावरणमा जिउनु थियो, शरीरमा सन्तुलन कायम राख्न स्वासप्रश्वास गर्नु थियो, जाडो वा गर्मी जे जस्तो मौसम भए पनि त्यसको सामना गर्नु थियो भने यो सबै कुराको लागी पुर्व तयारी एउटा न्यानो बन्द परिधिभित्र रहेर गर्नु पर्ने थियो। म आँफैमा कुनै तवरले पनि स्वतन्त्र थिइनँ किनकि मेरो सबै गुण अनि विशेषताहरु आमा या बुबा बाट आर्जित थिए भने मेरा सबै कोष, तन्तु, अनि सबै प्रणालीहरुको आधारशिला कुनै जिवित व्यक्तिको शरिर भित्र बनेका थिए जुन जिवित व्यक्ति सन्तानका हरेक दुखहरु आफुले लिएर आफ्ना सुख खुसीहरु पनि सन्तानको नाममा गरिदिन हरपल हरक्षण लागी रहन्छ। जिवन त्यो दिन नै सुरु भएको थियो जुन दिन विभिन्न प्रक्रिया पुरा गर्दै मेरो वर्तमान शरिर बनाउने पहिलो कोष बनेको थियो। त्यो पहिलो कोष विभिन्न प्रक्रिया पुरा गर्दै मेरो शारीरिक बनोट दिन तर्फ लग्यो भने मेरो जिवन बाहिरी वातावरणको परिवर्तनशिलताको सामना गर्ने, हरक्षणको परिवर्तित आवश्यकता, अझै भनौ आमाको मनमा उब्जिएका मनोआकन्क्षाहरु, सबैलाई बुझ्दै अनि त्यस्को परिपुर्ति गर्ने तरिकाले आफुलाई निखार्दै गयो। यत्तिकैमा मेरो जिवन अनि जिवित शरिरको भेट एकैचोटि जन्ममा भयो। जन्म पश्चात वातावरणिय परिस्थितिहरु सँग मैले जुँध्नु पर्ने थियो भने आवश्यकताहरु पुरा गरिदिन अरुमा नै पुर्ण निर्भर थिँए। शारीरिक अनि मानसिक सन्तुलनहरु मिलाएर मात्रै पनि मेरो आवश्यकता अनि इच्छाहरु पुरा हुन्थे। इच्छाहरु दिनप्रतिदिन बढ्दै थिए । कलिला हातहरुको उपयोगिता भित्ता कोट्याउने अनि दुई हात र दुइ घुँडा टेकेर हिड्ने मात्रै नभएको महसुस हुन थालेको थियो। शरिरका विभिन्न अङ्गहरुको आआफ्नै काम अनि जिम्मेवारी रहेको पनि केहिहदसम्म अनुभव हुदै थियो। समय बित्दैजाँदा मेरा आवश्यकता अनि इच्छाहरु बढ्दै त छँदै थिए त्यसको अतिरिक्त चाहना, गन्तव्य, उदेश्य अनि जिम्मेवारी, सुखदुःख, संघर्ष, हाँसो, रोदन जस्ता अनेकौं कुराहरु पनि एउटा जिवन कै पाटो रहेको अनुभव पनि गर्दै थिँए। आफ्नो खुट्टामा उभिएर आमाको काख देखी ढोका सम्म पुग्ने र फेरि फर्किएर भान्सामा रहेकी आमाको काख सम्म पुग्ने उदेश्य नै सायद स्मरण गर्न सकिने पहिलो उदेश्य थियो। त्यो उदेश्य पुरा हुँदा सम्म अर्को उदेश्य आउथ्यो अनि फेरि त्यो पुरा हुन नपाउँदै अर्को। यसरि नै उदेश्य, इच्छा र चाहनाहरु एउटा माथी अर्को गर्दै थपिँदै गए, केहि पुरा भए त केहिलाई अरु धेरै महत्त्व राख्नेले ओझेलमा परिदिए। जब म स्कुल जान थालेँ, तब जिवन धेरै नै स्वार्थी भएको बुझ्न थालेँ। अरु भन्दा धेरै राम्रो बन्न खोज्नु, सबैले आफुलाई मात्रै माया गरुन् भन्ने चाहनु, खेल खेल्दा आफैंले जितौँ, परिक्षामा आफु नै प्रथम हौँ, वरपरका हरेक राम्रा घटनाको पहलेदार आफैं बनौं, आफुले नराम्रो काम गरे पनि त्यसको सजाय अरुलाई नै होस भन्ने चाहनु जस्ता अनेकौं कुरा हरुले पनि जिवन वास्तवमै स्वार्थी रहेको प्रष्ट हुन्छ। अहिले आएर बुझ्दै छु, कुनै दिनदु:खीको सहयोग आफुले नै गर्न पाँऊ, आफु हारेरै पनि अरुलाई जिताउन पाँऊ, आफु कमजोर हुँ तर अरु कहिलै कमजोर नहोऊन ईत्यादी जस्ता कुरा पनि स्वार्थ नै हुन्। समग्रमा भनौँ, आफ्ना हरेक इच्छा, चाहना, उदेश्य अनि आवश्यकताहरु सबै एक किसिमका स्वार्थहरु हुन। यसर्थ, स्वार्थको पनि सकारात्मक र नकारात्मक असर हुने साथै सकारात्मक स्वार्थले सबैको भलो गर्ने तर नकारात्मक स्वार्थ वैयक्तिक हितमा हुने निचोडमा पुगेँ।
इच्छा अनि चाहनाहरु समयको बेग सँगै बढ्दै गए। केहि निश्चित कुराको संकल्प अनि अठोट गर्ने हैसियत राख्न थालेको थिँए। केहि लक्ष्यहरु भेट्टाउनको लागी लक्षित उदेश्यहरु तय गर्ने बानी परिसकेको थियो। लक्ष्य प्राप्तिको दौडानमा आवश्यकताहरु थपिँदै थिए। चाहना अनि आवश्यकताहरु धेरै भएकोले तिनिहरुको पनि आफ्नै मर्यादाक्रम र प्राथमिकता बन्ने गरेको थियो। मर्यादाक्रमको पहिले पर्न सफल आवश्यकता पुरा गर्न तल्लीन हुँदै गर्दा धेरै चाहनाहरु यत्तिकै हराएर जान्थे भने केहि नयाँ चाहनाहरु थपिँदै जाँन्थे। थपिएका सबै चाहना पुरा गर्न खोज्दा आफ्नो लक्ष्य भेट्टाउन मुस्किल पर्थ्यो। चाहना पुरा नगरी अगाडी बढ्न खोज्दा उदेश्यहरु तय गर्न शारीरिक अनि मानसिक सामन्जस्यता हुँदैन थ्यो। क्षणिक चाहना र आवश्यकता पुरा गर्नाले केहि दीर्घकालीन लक्ष्य विरानो बनेका थिए भने केहि नयाँ लक्ष्यहरु थपिएका थिए । कुनै परिस्थितिमा आफ्ना दायित्व र जिम्मेवारी सबै पुरा गरेको अनुभुती हुन्थ्यो भने कहिलेकाहिँ इच्छा, चाहना, आवश्यकता, कर्तव्य, दायित्व अनि जिम्मेवारी सबै यत्रतत्र सर्वत्र छरिएको जस्तो लाग्थ्यो। यसरी आफ्नो वास्तविक चाहना र इच्छा, कर्तव्य, जिम्मेवारी र दायित्व नबुझ्दै अनि प्रष्ट, मेरो योग्यता र मेहनतले प्राप्त गर्न सक्ने निश्चित लक्ष्य तथा उदेश्य नरहेकोले क्षणिक गन्तव्य तय गरेर नै कक्षा दश सम्म पुगिसकेको थिँए। कक्षा दशको पढाइ चल्दै गर्दा भने समाजसेवा सम्बन्धी कामहरु गरेर जिवनलाई सार्थकता दिने लक्ष्य तय गरेको थिँए। क्षणिक गन्तव्य भएपनि रचनात्मक तरिकाले गरेर अविस्मरणीय अनि सबैको तारिफ योग्य बनाउन प्रयास गर्ने बानी परिसकेको थियो। त्यसैले त सबैको चासो रहेको SLC परिक्षा राम्रो गर्नु थियो। तदनुरुपको योजना बनाएर परिक्षा राम्रोसँग नै दिँए। SLC पछिका केहि दिनहरु गन्तव्य बिहिन यात्री झैँ कुनै इच्छा चाहना रहित नै बिते। धेरै जसो समय सुतेर अनि आराम गरेर नै बितेको थिए। आफ्नो लक्ष्य पुरा गर्न चाहिने पुर्वाधार तयार गर्न सुनौलो अवसरको खोजीमा लागेको पनि केहि समय भैसकेको थियो। यतिबेला सम्म आइपुग्दा सामाजिक रुपले बहिष्कृत बिषयहरुलाई कडा रुपले तार्किक बहिस्कार गर्ने, समाज रुपान्तरणका सम्भाव्यताको बिषयमा केहि हदसम्म बिचारबिमर्श गर्ने र समाजमा अमान्य हुने गतिविधि गर्ने नहुने जस्ता विविध पक्षमा स्वतस्फूर्त सोच्न थालिसकेको थिँए। क्षणिक आनन्द अनि सुखसहेल समाजप्रतिको जिम्मेवारी र दायित्व अनि समाजमा स्थापित मेरो स्थान र भुमिका भन्दा माथी नहुने बुझिसकेको थिँए।
……………………………
45