जन्मिदाँ सास हुन्छ तर नाम हुँदैन , मृत्यु ग्रहण गर्दा नाम हुन्छ तर सास हुँदैन ।यहि सास र नाम बीचको यात्रालाई जीवनको संज्ञा दिइन्छ।
धार्मिक रुपमा जीवनलाई प्राण , शरीर र आत्माको त्रिवेणी भनिन्छ। साहित्यिक रुपमा जीवन भनेको सास रहुन्जेल गरिने अलौकिक र अद्वितीय अनुभुती हो। जीवन त मुटु र मस्तिष्कको समन्वयमा चल्ने रेलगाडी हो। जीवनलाई एउटै बाटो दोराउन यी दुई अङगको सफल तालमेल हुनु आवश्यक हुन्छ। तालमेल भएन भने मानिस चपेटामा पर्छ, ऊ न यताको हुन्छ न त उताको , उसलाई त साउने भेलले बगाएर लान्छ। २०० ग्राम को मुटु र २००० ग्रामको मस्तिष्कामा भार त मस्तिष्कको बढी भएता पनि यथार्थमा दुवैले समान भुमिका खेलेका हुन्छन्। सामाजिक भाषामा भन्दा मस्तिष्कले मायावी संसार र अपरिचित धोका प्रती सचेत गराउँछ भने मुटुले सामाजिक सम्बन्ध मूल्याकंन गर्छ।समयले काँचुली फेरेपछि यथार्थको संसारमा कायापलट हुनु स्वभाविक हो। तात्पर्य के हो भने, मुटुले सोच्न थाल्यो भने सुखी जीवनमा ग्रहण लाग्नेमा दुई मत छैन।
एउटा जोडी भागेर बिहे गर्ने निधो गर्छन्। उनिहरुको लागि आफ्नो प्रेमी भन्दा प्रिय कोहि हुँदैन। यसको अर्थ उसले मनले सोच्न थाल्छ र पारिवारिक सम्बन्धलाई मस्तिष्कले मूल्याकंन गर्न थाल्छ।तसर्थ मन, मस्तिष्क माथि हावी हुन पुग्छ र बामे सर्दा रसायका आमाका ती नयन बाट सन्तान सदाका लागि टाढा भइदिन्छ। उक्त जोडीले जस्तो सुकै निर्णय लिए पनि हार निश्चित छ। मनको कुरा सुनेर ऊ निपुण प्रेमी त बन्न सक्ला तर बाँकी जीवन मातापिता भएको टुहुरो जसरी व्यतीत गर्न बाध्य हुन्छ।यसको ठीक उल्टो, यदि उसले कुनै निर्णयको समर्थन गर्न सक्दैन किनभने जस्तो सुकै निर्णय लिए पनि प्रेम कि त पारिवारिक जीवन नष्ट हुने पक्का छ।
जीवन त गुलाबको बोट सरह हो। यहाँ फूल भन्दा काँडा धेरै भेटिन्छ्न्।तर काँडा खोपिएर छियाछिया भएको हातको औँलाले गुलाबको फूलको स्पर्श गर्नु को मज्जालाई शब्दमा बयान गर्न सकिँदैन।जीवनलाई ” दुवै हातमा लड्डु “को टुक्का संग दाँज्न मिल्दैन।आखिर दर्शनशास्त्रमा पनि लेखिएको छ,” केही पाउनका लागि केही गुमाउनुपर्छ।”
त्यसैले मस्तिष्क र मुटु बीच चलिरहने आन्तरिक द्वन्द्व त प्रकृतिको शाश्वत नियम सरह हो। मस्तिष्कले आफू बाँच भन्छ, मुटुले अरुलाई बचाँऊ भन्छ। मस्तिष्कले आफू हाँस भन्छ, मुटुले अरुको आँसुको कारक नबन भन्छ।मस्तिष्कले आफ्नो लागि जित भन्छ, मनले अरुको लागि जित भन्छ।हरेक वस्तुको जस्तै जीवनको पनि दुई पाटा छन्।एउटा पाटो नियाल्दा मस्तिष्क सहि देखिन्छ भने अर्को पाटो हेर्दा मुटुलाई पनि गलत भन्न सकिँदैन। तसर्थ कति बेला कस्तो कुरालाई व्यवहारमा उतार्ने भन्नेमा हाम्रो निर्णय भर पर्छ। परिस्थितिको माग र समयको चाहना अनुरुप निर्णय गर्नु नै दुई उत्कृष्ट निर्णय बीच सर्वोकृष्ट छान्नु हो।
विडम्बना के हो भने, मानिस लिएका निर्णय प्रति असन्तुष्ठि जायर गर्छ। प्रेम जीवनलाई तिलाञ्जली दिएको मान्छे, बाँकी जीवन पागल प्रेमी जसरी पुराना दिनहरुलाई आँसुरुपी कागजमा समेट्न थाल्छ। त्यसैगरी पारिवारिक जीवनलाई इतिश्री भनेको सन्तान जीवन भर आमाको ममता र बुबाको मार्गदर्शन पाउन भौँतारिन्छ। त्यसैले पछि पश्चताप गर्नुभन्दा वेलैमा आफ्नो निर्णय प्रति प्रतिबद्ध हुनुपर्छ। जीवन त हिमाद्रीको शिखरबाट सागर सम्म मिसिने हिमनदी सरह हो। जसरी बगेको खोला फर्किँदैन, त्यसैगरी अतीतका कुराहरुलाई मनमा राखेर आँसु बगाउनु केवल मुर्खता हो।जीवनलाई त मुहारमा मुस्कान छर्ने अपुर्व माध्यम बनाउनुपर्छ।
“आखिर अप्रत्याशित घटनाको संगम नै त हो जीवन”
3