CESS-Nepal

बाजेको चौतारी

पाँच बहिनी छोरी पछि
एक छोराको आशमा
बाजेले चिनेको त्यो चौतारी
जसमा बाजेले विश्राम गरे
जिन्दगीको अन्तिम सासको भारी बिसाएर
र अहिले उनको काज कृया गरिरहेछन
त्यै चौतारीको अजङ्ग पिपलको बोटमा
बास बसेका एक जोडि कौवाका बचेराहरुले
पिपलको बोटबाट झरेका पातहरुझैँ
परार साल बज्यै खसिन
हलुकासङ्ग गर्हुङ्गो मन लिएर
छोरा पाउन नलेखेको भाग्यलाई
भवसागरमा सेलाएर
अहिले
आफ्नो कानमा भाको झ्याउका कानेकुजी
फ्याल्दिने बज्यैलाई सम्झिरहेछन चौतारीका चरहरुले
अहिले
घुमन्ते थकित पाईलाहरुले
सास फेर्छन बाजेको चौतारीमा
बिसाईको सास
राहतको सास
जिन्दगीको सास
अहिले
बैँसालु मनहरु सपना बुन्छन
माया र पिरिमको
सुनौलो भबिश्यको
सङ्गै मर्ने बाँच्ने चाहनाहरुको
बाजेको चौतारीमा
अहिले
आफ्नो इज्जत साहुलाई भेटी चढाउदै
पिपलको हाँगामा
मृत्युसङ्ग समागम गर्छन
कयौँ सानुमायाहरु
अहिले
जवानिमा लाहुर जान नसकेका बुढा तन्नेरीहरु
तास फिटिरहेछन
अनि हार्दै छन उर्लदो जवानिको जोश
जुवाको खेलमा
लाहुर गाका बुढाहरु गफ पेलिरहेछन
आफ्नो,देशको,भुगोलको
बाजेको चौतारीमा
अहिले
बाजे र बज्यैको अस्तुसङ्गै
बगिगयो चौतारी चिन्दा
चुहिएका बाजेका पसिनाहरु
चौतारी मुसार्दा खिइएका बज्यैका नङ्गहरु
र कहिलेकाहिँ
बाजे र बज्यैको यादमा फ्याक्ने गर्छ
पिपलको बोटले सम्झनाका सुस्केराहरु।।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

0
CESS Chat Service 
Only logged in users are allowed to enter the chat

Share This Post

Share on facebook
Share on linkedin
Share on twitter
Share on email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

More To Explore