प्रेम र विवाह
प्रेम र विवाह
प्रेम’ प्रेमि बनाउनको लागि मात्रै हो भने – प्रेम नगर्नु भए हुन्छ; ‘जिवन’ बाच्नको लागि मात्रै हो भने – नबाच्नु भए हुन्छ; ‘विवाह’ श्रीमान् – श्रीमती बन्नको लागि मात्रै हो भने – नगर्नु भए हुन्छ; ‘साथी’ सुखको लागि मत्रै हो भने – नबनाउनु भए हुन्छ। ‘प्रेम’, ‘जिवन’, ‘विवाह’ अनि ‘साथी’- सबै कुरा त सफलता, सहजता, सहजीकरण अनि प्रेरणाका लागि चाहिन्छ।
मानिस सामाजिक प्राणी हो। सबैभन्दा चेतनशील भएकोले जिवनशैलीलाई सहजता दिन सकेसम्मको चेस्टा मानव जातिले गर्दै आइरहेको छ। वातावरणीय परिवर्तको प्रभावले आवश्यकता, इच्छा, चाहना जस्ता कुराहरु दिन प्रतिदिन बढ्दै छन्। समस्याहरु थपिँदै छन् भने समस्या समाधानका उपाय साथै चुनौतीहरु पनि थपिँदै छन्। बिलासिताको दैनिकी चाहनेहरु पनि बढ्दै छन्। यस्तो अवस्थामा एक अर्कोको साथ, सहयोग अपरिहार्य बनेको छ। आफ्ना सन्तुष्टि, इच्छा, चाहना, आवश्यकता अनि जिवनशैली सहज बनाउन साथै समकालीन अपरिहार्यता र समस्याको सहजै निदान गर्न पलपलमा विचार विमर्श गर्नु पर्छ। तपाईं आफ्ना सन्तुष्टिहरु पुरा गर्न, अनि हरेक किसिमले आउन सक्ने समस्या एवं अप्ठ्यारो परिस्थितिको सामना गर्दै जिवनशैली हरतवरले सहज बनाउन वैचारिक समानता भएको विश्वासनिय कुनै पनि व्यक्तिसँग सम्बन्ध गाँस्न चाहनु हुन्छ भने त्यो प्रेम हो। आफ्ना सन्तुष्टिहरु पुरा गर्न मात्रै कसैले कसैसँग सम्बन्ध स्थापित गरेर त्यसलाई प्रेम सम्झिम्छ भने त्यो केवल भ्रम मात्रै हो। कसैका सबै आवश्यकता, चाहना, इच्छा पुरा गर्न अनि आईपरेका समस्याको समाधान गर्न एउटा व्यक्तीसँगको प्रेम सम्बन्ध कदापी पुर्ण हुँदैन। प्रेम गर्ने व्यक्ती हरेक परिस्थितिमा फरक प्रकृतिको चाहिन सक्छ। तपाईंले प्रेम गर्नु पर्ने/गर्नुभएको व्यक्ती महिला, पुरुष, सिनियर, जुनियर, आफन्त, पराई जो पनि हुन सक्छ। तर सबै सँग तपाइँको प्रेमको रुप भने अवश्य नै फरक प्रकृतिको हुन पर्छ। एउटै उदेश्यको धेरै प्रेमीहरु हुँदा प्रेमिहरुको एउटाको उदेश्यको नकारात्मक प्रभाव अर्कोमा पर्नु भने विल्कुल हुँदैन। यसर्थ, सकारात्मक सझा सोचाई लिएर अगाडि बड्ने सबै सहयात्रीहरु तपाईँका प्रेमी हुन्। सबै जसो मानिसको आवश्यकता, इच्छा, चाहना पुरा गर्न, आफ्ना शारीरिक, मानसिक, संवेगात्मक भावनाहरु साटासाट गर्न, सन्तुष्टिका विषय अनि पक्षमा आपसी छलफल गर्न, दैनिक जिवनका क्षेत्र अनि पारिवारिक र व्यावहारिक समस्याको समाधानको लागि, एक व्यक्तिको जिवनलाई सहजता तिर लानको लागि अर्को सकेसम्म सबैभन्दा बढी समय साथमा रहन सक्ने व्यक्ति अत्यन्तै जरुरी हुन्छ। त्यस्तो अन्तर्लिङ्गि व्यक्ती जो तपाईँ सँग धेरै समय साथमा रहन चाहन्छ, तपाईँको हरेक सफलता, असफलता, सुखदुःखमा साथ दिन चाहन्छ, तपाईँको हरेक कमजोरि, नकारात्मक सोच अनि गल्तिहरुबाट नभागेर सुमार्ग र सकारात्मकताको पाठ सिकाउँछ र गल्ती सुधार्न तर्फ लागिपर्छ, तपाईँका भावनाको सम्मान/कदर गर्छ, तपाईँको सबैभन्दा धेरै विस्वास र तपाईँ माथी भरोसा गर्छ, तपाईँको जिवनमा आफ्नो हस्तक्षेप नरहोस भन्ने चिन्तन राख्दछ अनि तपाईँको ऊ प्रतिको धारणा यस्तै प्रकृतिको छ भने तपाईँहरु प्रेम जोडिको सम्बन्धमा हुनु हुन्छ। समाजले भन्ने प्रेम यहि हो जुन सम्बन्ध तपाईँ अनि ऊ सँग छ।
समाजमा एउटा असाधारण भ्रम रहिआएको छ, प्रेम जोडीले अन्तत विवाहको रुप लिन पर्छ। तर यो बुझ्न जरुरी छ कि “विवाह भनेको स्त्री र पुरुषबिचमा सम्बन्ध स्थापना गराउने एउटा धार्मिक, सामाजिक एवं परम्परागत कृत्य हो” अनि त्यसलाई प्रेमको रुप दिनु एक सामाजिक अनि चेतनशिल प्राणिको दायित्व। वास्तवमा विवाह भनेको पुरुष र महिलाको बिचमा हुने एउटा सम्झौता हो जसमा उनिहरुले आफुलाई श्रीमानश्रीमती भएर एक अर्काको इच्छा, चाहना, भावना, आवश्यकता बुझ्ने, दैनिकीलाई सहजता दिने, आफ्नो चलिआएको संस्कृती अनि परम्परालाई सकारात्मक सुधारको साथ वैज्ञानिक तवरले निरन्तरता दिने, एक अर्कालाई निस्वार्थ सहयोग गर्ने, हरेक सुखदुःखमा, सफलताअसफलतामा साथ दिने, एक अर्कालाई सबै भन्दा बढी विश्वास गर्ने जस्ता यावत कुरा समावेस हुन्छन। तसर्थ, विवाहित जोडीको विचमा प्रेम अपरिहार्य छ तर प्रेम जोडीको विवाह त्यो अवस्थामा मात्र हुन सक्छ जब तिनीहरु प्रेमको साथ साथ सम्झौता गर्न पुग्छन्।
सबै प्रेम जोडीहरूले सबै परिस्थितिमा सम्झौता गर्न उचित नहुन सक्छ। हाम्रो समाज धेरै पुरानो हो। समाजमा चलिआएको समाजिक परम्परा, धर्मसंस्कृती, चालचलन कस्ले कहिले कसरी सुरुवात गर्यो भन्ने यथार्थताको तथ्य हामिलाई सन्तोष पार्न सक्ने अवस्थामा छैन। अनि किन निरन्तरता पायो र हालसम्म पनि विद्यमान छ भन्ने कुरा पनि वहसको विषय नै हो। तर वास्तविकता यो हो कि हिंसात्मक र अरु एकादुई बाहेक सबैको निरन्तरता दिनु हाम्रो बाध्याता हो किनकी कुनै प्रचलन अनि प्रथालाई मान्दिन भन्नको लागि सामर्थ्य राख्न सक्ने अवस्थामा हामी छैनौ। कुरा यो पनि हो कि कुनै विकल्प नै नभएको परम्परा, सामाजिक नियम बनिसकेको प्रचलन अनि प्रथालाई मान्नु पनि हामी जस्तो सामजिक प्रणिको कर्तव्य, दायित्व, जिम्मेवारी, धर्म सबै हो। सामाजिक नियम मान्दै गर्दा चेतनशील भएकोले आफ्नो विवेक प्रयोग भने अवश्य नै गर्नु पर्छ। पितृसत्तात्मक भनिएको समाज अनि सामाजिक, धार्मिक एवं परम्परागत नियम र सकारात्मक प्रचलनले निर्दिष्ट गरे बमोजिम अविवाहित र विवाहित व्यक्तिको सामजिक दायित्व र जिम्मेवारी अनि कर्तव्य र जिवनशैली केहिहद सम्म फरक भने अवश्य नै हुन्छ। तर यसको अतिरिक्त प्रेमिसँगको विवाहले तपाईँको व्यक्तिगत विकासका क्षेत्रहरुमा कुनै पनि किसिमको नकारात्मक असर पर्दैन, तपाईं आफुले ‘आफु’ भएर नै जिउने वातावरण पाउनुहुन्छ, आफ्ना इच्छा, चाहना, आवश्यकता, सन्तुष्टि सहजै प्राप्त गर्न सक्नु हुन्छ, आफ्नो अधिकारमा कटौती हुँदैन, आफ्नो जिम्मेवारी सहजै निभाउन सक्नु हुन्छ, आफ्नो उदेश्यको पथतिर लम्किदै गर्दा साथ र सहयोग मिल्छ भने तपाइँहरुले त्यो सम्झौता गर्नु फलदायी हुन्छ। यसै पनि अरु सबैभन्दा नजिक महसुस गरिरहेको र एकअर्का प्रति विश्वास र भरोसा स्थापित भैसकेको हुनाले जिवनशैलि झनै सहज अनि सरल हुन्छ। यो सबै पक्ष सोचेर बैवाहिक सम्बन्धमा गाँसिनु भयो भने जिवनशैली सहज सरल हुनुका साथै आफुलाई सुरक्षित महसुस गर्न पनि सक्नु हुन्छ अनि समाजमा चलिआएको अवैज्ञानिक अबधारणा धेरै हदसम्म परिवर्तन हुन सक्दछ।