CESS-Nepal

Archives 2022

प्रेम र विवाह

प्रेम र विवाह

प्रेम’ प्रेमि बनाउनको लागि मात्रै हो भने – प्रेम नगर्नु भए हुन्छ; ‘जिवन’ बाच्नको लागि मात्रै हो भने – नबाच्नु भए हुन्छ; ‘विवाह’ श्रीमान् – श्रीमती बन्नको लागि मात्रै हो भने – नगर्नु भए हुन्छ; ‘साथी’ सुखको लागि मत्रै हो भने – नबनाउनु भए हुन्छ। ‘प्रेम’, ‘जिवन’, ‘विवाह’ अनि ‘साथी’- सबै कुरा त सफलता, सहजता, सहजीकरण अनि प्रेरणाका लागि चाहिन्छ।

मानिस सामाजिक प्रा‍णी हो। सबैभन्दा चेतनशील भएकोले जिवनशैलीलाई सहजता दिन सकेसम्मको चेस्टा मानव जातिले गर्दै आइरहेको छ। वातावरणीय परिवर्तको प्रभावले आवश्यकता, इच्छा, चाहना जस्ता कुराहरु दिन प्रतिदिन बढ्दै छन्। समस्याहरु थपिँदै छन् भने समस्या समाधानका उपाय साथै चुनौतीहरु पनि थपिँदै छन्। बिलासिताको दैनिकी चाहनेहरु पनि बढ्दै छन्। यस्तो अवस्थामा एक अर्कोको साथ, सहयोग अपरिहार्य बनेको छ। आफ्ना सन्तुष्टि, इच्छा, चाहना, आवश्यकता अनि जिवनशैली सहज बनाउन साथै समकालीन अपरिहार्यता र समस्याको सहजै निदान गर्न पलपलमा विचार विमर्श गर्नु पर्छ। तपाईं आफ्ना सन्तुष्टिहरु पुरा गर्न, अनि हरेक किसिमले आउन सक्ने समस्या एवं अप्ठ्यारो परिस्थितिको सामना गर्दै जिवनशैली हरतवरले सहज बनाउन वैचारिक समानता भएको विश्वासनिय कुनै पनि व्यक्तिसँग सम्बन्ध गाँस्न चाहनु हुन्छ भने त्यो प्रेम हो। आफ्ना सन्तुष्टिहरु पुरा गर्न मात्रै कसैले कसैसँग सम्बन्ध स्थापित गरेर त्यसलाई प्रेम सम्झिम्छ भने त्यो केवल भ्रम मात्रै हो। कसैका सबै आवश्यकता, चाहना, इच्छा पुरा गर्न अनि आईपरेका समस्याको समाधान गर्न एउटा व्यक्तीसँगको प्रेम सम्बन्ध कदापी पुर्ण हुँदैन। प्रेम गर्ने व्यक्ती हरेक परिस्थितिमा फरक प्रकृतिको चाहिन सक्छ। तपाईंले प्रेम गर्नु पर्ने/गर्नुभएको व्यक्ती महिला, पुरुष, सिनियर, जुनियर, आफन्त, पराई जो पनि हुन सक्छ। तर सबै सँग तपाइँको प्रेमको रुप भने अवश्य नै फरक प्रकृतिको हुन पर्छ। एउटै उदेश्यको धेरै प्रेमीहरु हुँदा प्रेमिहरुको एउटाको उदेश्यको नकारात्मक प्रभाव अर्कोमा पर्नु भने विल्कुल हुँदैन। यसर्थ, सकारात्मक सझा सोचाई लिएर अगाडि बड्ने सबै सहयात्रीहरु तपाईँका प्रेमी हुन्। सबै जसो मानिसको आवश्यकता, इच्छा, चाहना पुरा गर्न, आफ्ना शारीरिक, मानसिक, संवेगात्मक भावनाहरु साटासाट गर्न, सन्तुष्टिका विषय अनि पक्षमा आपसी छलफल गर्न, दैनिक जिवनका क्षेत्र अनि पारिवारिक र व्यावहारिक समस्याको समाधानको लागि, एक व्यक्तिको जिवनलाई सहजता तिर लानको लागि अर्को सकेसम्म सबैभन्दा बढी समय साथमा रहन सक्ने व्यक्ति अत्यन्तै जरुरी हुन्छ। त्यस्तो अन्तर्लिङ्गि व्यक्ती जो तपाईँ सँग धेरै समय साथमा रहन चाहन्छ, तपाईँको हरेक सफलता, असफलता, सुखदुःखमा साथ दिन चाहन्छ, तपाईँको हरेक कमजोरि, नकारात्मक सोच अनि गल्तिहरुबाट नभागेर सुमार्ग र सकारात्मकताको पाठ सिकाउँछ र गल्ती सुधार्न तर्फ लागिपर्छ, तपाईँका भावनाको सम्मान/कदर गर्छ, तपाईँको सबैभन्दा धेरै विस्वास र तपाईँ माथी भरोसा गर्छ, तपाईँको जिवनमा आफ्नो हस्तक्षेप नरहोस भन्ने चिन्तन राख्दछ अनि तपाईँको ऊ प्रतिको धारणा यस्तै प्रकृतिको छ भने तपाईँहरु प्रेम जोडिको सम्बन्धमा हुनु हुन्छ। समाजले भन्ने प्रेम यहि हो जुन सम्बन्ध तपाईँ अनि ऊ सँग छ।

समाजमा एउटा असाधारण भ्रम रहिआएको छ, प्रेम जोडीले अन्तत विवाहको रुप लिन पर्छ। तर यो बुझ्न जरुरी छ कि “विवाह भनेको स्त्री र पुरुषबिचमा सम्बन्ध स्थापना गराउने एउटा धार्मिक, सामाजिक एवं परम्परागत कृत्य हो” अनि त्यसलाई प्रेमको रुप दिनु एक सामाजिक अनि चेतनशिल प्राणिको दायित्व। वास्तवमा विवाह भनेको पुरुष र महिलाको बिचमा हुने एउटा सम्झौता हो जसमा उनिहरुले आफुलाई श्रीमानश्रीमती भएर एक अर्काको इच्छा, चाहना, भावना, आवश्यकता बुझ्ने, दैनिकीलाई सहजता दिने, आफ्नो चलिआएको संस्कृती अनि परम्परालाई सकारात्मक सुधारको साथ वैज्ञानिक तवरले निरन्तरता दिने, एक अर्कालाई निस्वार्थ सहयोग गर्ने, हरेक सुखदुःखमा, सफलताअसफलतामा साथ दिने, एक अर्कालाई सबै भन्दा बढी विश्वास गर्ने जस्ता यावत कुरा समावेस हुन्छन। तसर्थ, विवाहित जोडीको विचमा प्रेम अपरिहार्य छ तर प्रेम जोडीको विवाह त्यो अवस्थामा मात्र हुन सक्छ जब तिनीहरु प्रेमको साथ साथ सम्झौता गर्न पुग्छन्।

सबै प्रेम जोडीहरूले सबै परिस्थितिमा सम्झौता गर्न उचित नहुन सक्छ। हाम्रो समाज धेरै पुरानो हो। समाजमा चलिआएको समाजिक परम्परा, धर्मसंस्कृती, चालचलन कस्ले कहिले कसरी सुरुवात गर्यो भन्ने यथार्थताको तथ्य हामिलाई सन्तोष पार्न सक्ने अवस्थामा छैन। अनि किन निरन्तरता पायो र हालसम्म पनि विद्यमान छ भन्ने कुरा पनि वहसको विषय नै हो। तर वास्तविकता यो हो कि हिंसात्मक र अरु एकादुई बाहेक सबैको निरन्तरता दिनु हाम्रो बाध्याता हो किनकी कुनै प्रचलन अनि प्रथालाई मान्दिन भन्नको लागि सामर्थ्य राख्न सक्ने अवस्थामा हामी छैनौ। कुरा यो पनि हो कि कुनै विकल्प नै नभएको परम्परा, सामाजिक नियम बनिसकेको प्रचलन अनि प्रथालाई मान्नु पनि हामी जस्तो सामजिक प्रणिको कर्तव्य, दायित्व, जिम्मेवारी, धर्म सबै हो। सामाजिक नियम मान्दै गर्दा चेतनशील भएकोले आफ्नो विवेक प्रयोग भने अवश्य नै गर्नु पर्छ। पितृसत्तात्मक भनिएको समाज अनि सामाजिक, धार्मिक एवं परम्परागत नियम र सकारात्मक प्रचलनले निर्दिष्ट गरे बमोजिम अविवाहित र विवाहित व्यक्तिको सामजिक दायित्व र जिम्मेवारी अनि कर्तव्य र जिवनशैली केहिहद सम्म फरक भने अवश्य नै हुन्छ। तर यसको अतिरिक्त प्रेमिसँगको विवाहले तपाईँको व्यक्तिगत विकासका क्षेत्रहरुमा कुनै पनि किसिमको नकारात्मक असर पर्दैन, तपाईं आफुले ‘आफु’ भएर नै जिउने वातावरण पाउनुहुन्छ, आफ्ना इच्छा, चाहना, आवश्यकता, सन्तुष्टि सहजै प्राप्त गर्न सक्नु हुन्छ, आफ्नो अधिकारमा कटौती हुँदैन, आफ्नो जिम्मेवारी सहजै निभाउन सक्नु हुन्छ, आफ्नो उदेश्यको पथतिर लम्किदै गर्दा साथ र सहयोग मिल्छ भने तपाइँहरुले त्यो सम्झौता गर्नु फलदायी हुन्छ। यसै पनि अरु सबैभन्दा नजिक महसुस गरिरहेको र एकअर्का प्रति विश्वास र भरोसा स्थापित भैसकेको हुनाले जिवनशैलि झनै सहज अनि सरल हुन्छ। यो सबै पक्ष सोचेर बैवाहिक सम्बन्धमा गाँसिनु भयो भने जिवनशैली सहज सरल हुनुका साथै आफुलाई सुरक्षित महसुस गर्न पनि सक्नु हुन्छ अनि समाजमा चलिआएको अवैज्ञानिक अबधारणा धेरै हदसम्म परिवर्तन हुन सक्दछ।

 

 

Loksewa After B.E.

Career options and opportunities are quite puzzling. Confusions like is it the one, where should I begin with, am I on right track and depth crosses the mind of every LOKSEWA Aspirant.
CESS Nepal, trying to be the helping hand in solving this puzzle brings
CIVIL TALK SERIES:
Clamphook presents LOKSEWA AFTER B.E.
to you, all as a pre-event of Ambe Steels – AADHAR 2078 to ensure your smooth transition from a civil engineering student to a civil engineer.
Date: 28th of Poush, Wednesday
Time: 3:20pm
Venue: F Hall
For more information,
Aadarsha Adhikari (9846856230)
Bibek Panthi (9867750010)
“आधार- समुन्नत भविष्यका लागि”

Python For Civil Engineers !!

CESS-NEPAL, acknowledging the importance of Python in civil engineering, brings you a four days long training workshop as a pre-event of Ambe Steels presents AADHAR 2078.
General Overview of the course:

  1. 4 days long(an hour a day)
  2. Problems from Applied Mechanics, Theory of Structures, Fluid Mechanics and Hydraulics.
  3. Language coverage:
  • python basics
  • sympy
  • matplotlib
  • scipy
    Starting Date: Sunday, 9th Jan 2022 (25th of Poush 2078)
    Time- 3:30 pm to 4:30 pm
    Register Here: https://bit.ly/CESSPythonWorkshop
    For any queries, contact
    Nelson Kandel
    (9844833829)

जीवन (भाग -१)

जीवन (भाग -१)

जन्मनासाथ खुल्ला वातावरणमा जिउनु थियो, शरीरमा  सन्तुलन कायम राख्न स्वासप्रश्वास गर्नु थियो, जाडो वा गर्मी जे जस्तो मौसम भए पनि त्यसको सामना गर्नु थियो भने यो सबै कुराको लागी पुर्व तयारी एउटा न्यानो बन्द परिधिभित्र रहेर गर्नु पर्ने थियो। म आँफैमा कुनै तवरले पनि स्वतन्त्र थिइनँ किनकि मेरो सबै गुण अनि विशेषताहरु आमा या बुबा बाट आर्जित थिए भने मेरा सबै कोष, तन्तु, अनि सबै प्रणालीहरुको आधारशिला कुनै जिवित व्यक्तिको शरिर भित्र बनेका थिए जुन जिवित व्यक्ति सन्तानका हरेक दुखहरु आफुले लिएर आफ्ना सुख खुसीहरु पनि सन्तानको नाममा गरिदिन हरपल हरक्षण लागी रहन्छ। जिवन त्यो दिन नै सुरु भएको थियो जुन दिन  विभिन्न प्रक्रिया पुरा गर्दै मेरो वर्तमान शरिर बनाउने पहिलो कोष बनेको थियो। त्यो पहिलो कोष विभिन्न प्रक्रिया पुरा गर्दै मेरो शारीरिक बनोट दिन तर्फ लग्यो भने मेरो जिवन बाहिरी वातावरणको परिवर्तनशिलताको सामना गर्ने, हरक्षणको परिवर्तित आवश्यकता, अझै भनौ आमाको मनमा उब्जिएका मनोआकन्क्षाहरु, सबैलाई बुझ्दै अनि त्यस्को  परिपुर्ति गर्ने तरिकाले आफुलाई निखार्दै गयो। यत्तिकैमा मेरो जिवन अनि जिवित शरिरको भेट एकैचोटि जन्ममा भयो। जन्म पश्चात वातावरणिय परिस्थितिहरु सँग मैले जुँध्नु पर्ने थियो भने आवश्यकताहरु पुरा गरिदिन अरुमा नै पुर्ण निर्भर थिँए। शारीरिक अनि मानसिक सन्तुलनहरु मिलाएर मात्रै पनि मेरो आवश्यकता अनि इच्छाहरु पुरा हुन्थे। इच्छाहरु दिनप्रतिदिन बढ्दै थिए । कलिला हातहरुको उपयोगिता भित्ता कोट्याउने अनि दुई हात र दुइ घुँडा टेकेर हिड्ने मात्रै नभएको महसुस हुन थालेको थियो। शरिरका विभिन्न अङ्गहरुको आआफ्नै काम अनि जिम्मेवारी रहेको पनि केहिहदसम्म अनुभव हुदै थियो। समय बित्दैजाँदा मेरा आवश्यकता अनि इच्छाहरु बढ्दै त छँदै थिए त्यसको अतिरिक्त चाहना, गन्तव्य, उदेश्य अनि जिम्मेवारी, सुखदुःख, संघर्ष, हाँसो, रोदन जस्ता अनेकौं कुराहरु पनि एउटा जिवन कै पाटो रहेको अनुभव पनि गर्दै थिँए। आफ्नो खुट्टामा उभिएर आमाको काख देखी ढोका सम्म पुग्ने र फेरि फर्किएर भान्सामा रहेकी आमाको काख सम्म पुग्ने उदेश्य नै सायद स्मरण गर्न सकिने पहिलो उदेश्य थियो। त्यो उदेश्य पुरा हुँदा सम्म अर्को उदेश्य आउथ्यो अनि फेरि त्यो पुरा हुन नपाउँदै अर्को। यसरि नै उदेश्य, इच्छा र चाहनाहरु एउटा माथी अर्को गर्दै थपिँदै गए, केहि पुरा भए त केहिलाई अरु धेरै महत्त्व राख्नेले ओझेलमा परिदिए।  जब म स्कुल जान थालेँ, तब जिवन धेरै नै स्वार्थी भएको बुझ्न थालेँ। अरु भन्दा धेरै राम्रो बन्न खोज्नु, सबैले आफुलाई मात्रै माया गरुन् भन्ने चाहनु, खेल खेल्दा आफैंले जितौँ, परिक्षामा आफु नै प्रथम हौँ, वरपरका हरेक राम्रा घटनाको पहलेदार आफैं बनौं, आफुले नराम्रो काम गरे पनि त्यसको सजाय अरुलाई नै होस भन्ने चाहनु जस्ता अनेकौं कुरा हरुले पनि जिवन वास्तवमै स्वार्थी रहेको प्रष्ट हुन्छ। अहिले आएर बुझ्दै छु, कुनै दिनदु:खीको सहयोग आफुले नै गर्न पाँऊ, आफु हारेरै पनि अरुलाई जिताउन पाँऊ, आफु कमजोर हुँ तर अरु कहिलै कमजोर नहोऊन ईत्यादी जस्ता कुरा पनि स्वार्थ नै हुन्। समग्रमा भनौँ, आफ्ना हरेक इच्छा, चाहना, उदेश्य अनि आवश्यकताहरु सबै एक किसिमका स्वार्थहरु हुन। यसर्थ, स्वार्थको पनि सकारात्मक र नकारात्मक असर हुने साथै सकारात्मक स्वार्थले सबैको भलो गर्ने तर नकारात्मक स्वार्थ वैयक्तिक हितमा हुने निचोडमा पुगेँ।

इच्छा अनि चाहनाहरु समयको बेग सँगै बढ्दै गए। केहि निश्चित कुराको संकल्प अनि अठोट गर्ने हैसियत राख्न थालेको थिँए। केहि लक्ष्यहरु भेट्टाउनको लागी लक्षित उदेश्यहरु तय गर्ने बानी परिसकेको थियो। लक्ष्य प्राप्तिको दौडानमा आवश्यकताहरु थपिँदै थिए। चाहना अनि आवश्यकताहरु धेरै भएकोले तिनिहरुको पनि आफ्नै मर्यादाक्रम र प्राथमिकता बन्ने गरेको थियो। मर्यादाक्रमको पहिले पर्न सफल आवश्यकता पुरा गर्न तल्लीन हुँदै गर्दा धेरै चाहनाहरु यत्तिकै हराएर जान्थे भने केहि नयाँ चाहनाहरु थपिँदै जाँन्थे। थपिएका सबै चाहना पुरा गर्न खोज्दा आफ्नो लक्ष्य भेट्टाउन मुस्किल पर्थ्यो। चाहना पुरा नगरी अगाडी बढ्न खोज्दा उदेश्यहरु तय गर्न शारीरिक अनि मानसिक सामन्जस्यता हुँदैन थ्यो। क्षणिक चाहना र आवश्यकता पुरा गर्नाले केहि दीर्घकालीन लक्ष्य विरानो बनेका थिए भने केहि नयाँ लक्ष्यहरु थपिएका थिए । कुनै परिस्थितिमा आफ्ना  दायित्व र जिम्मेवारी सबै पुरा गरेको अनुभुती हुन्थ्यो भने कहिलेकाहिँ इच्छा, चाहना, आवश्यकता, कर्तव्य, दायित्व अनि जिम्मेवारी सबै यत्रतत्र सर्वत्र छरिएको जस्तो लाग्थ्यो। यसरी आफ्नो वास्तविक चाहना र इच्छा, कर्तव्य, जिम्मेवारी र दायित्व नबुझ्दै अनि प्रष्ट, मेरो योग्यता र मेहनतले प्राप्त गर्न सक्ने निश्चित लक्ष्य तथा उदेश्य नरहेकोले क्षणिक गन्तव्य तय गरेर नै कक्षा दश सम्म पुगिसकेको थिँए। कक्षा दशको पढाइ चल्दै गर्दा भने समाजसेवा सम्बन्धी कामहरु गरेर जिवनलाई सार्थकता दिने लक्ष्य तय गरेको थिँए। क्षणिक गन्तव्य भएपनि रचनात्मक तरिकाले गरेर अविस्मरणीय अनि सबैको तारिफ योग्य बनाउन प्रयास गर्ने बानी परिसकेको थियो। त्यसैले त सबैको चासो रहेको SLC परिक्षा राम्रो गर्नु थियो। तदनुरुपको योजना बनाएर परिक्षा राम्रोसँग नै दिँए। SLC पछिका केहि दिनहरु गन्तव्य बिहिन यात्री झैँ कुनै इच्छा चाहना रहित नै बिते। धेरै जसो समय सुतेर अनि आराम गरेर नै बितेको थिए। आफ्नो लक्ष्य पुरा गर्न चाहिने पुर्वाधार तयार गर्न सुनौलो अवसरको खोजीमा लागेको पनि केहि समय भैसकेको थियो। यतिबेला सम्म आइपुग्दा सामाजिक रुपले बहिष्कृत बिषयहरुलाई कडा रुपले तार्किक बहिस्कार गर्ने, समाज रुपान्तरणका सम्भाव्यताको बिषयमा केहि हदसम्म बिचारबिमर्श गर्ने र समाजमा अमान्य हुने गतिविधि गर्ने नहुने  जस्ता विविध पक्षमा स्वतस्फूर्त सोच्न थालिसकेको थिँए। क्षणिक आनन्द अनि सुखसहेल  समाजप्रतिको जिम्मेवारी र दायित्व अनि समाजमा स्थापित मेरो स्थान र भुमिका भन्दा माथी नहुने बुझिसकेको थिँए।

……………………………

बाजेको चौतारी

पाँच बहिनी छोरी पछि
एक छोराको आशमा
बाजेले चिनेको त्यो चौतारी
जसमा बाजेले विश्राम गरे
जिन्दगीको अन्तिम सासको भारी बिसाएर
र अहिले उनको काज कृया गरिरहेछन
त्यै चौतारीको अजङ्ग पिपलको बोटमा
बास बसेका एक जोडि कौवाका बचेराहरुले
पिपलको बोटबाट झरेका पातहरुझैँ
परार साल बज्यै खसिन
हलुकासङ्ग गर्हुङ्गो मन लिएर
छोरा पाउन नलेखेको भाग्यलाई
भवसागरमा सेलाएर
अहिले
आफ्नो कानमा भाको झ्याउका कानेकुजी
फ्याल्दिने बज्यैलाई सम्झिरहेछन चौतारीका चरहरुले
अहिले
घुमन्ते थकित पाईलाहरुले
सास फेर्छन बाजेको चौतारीमा
बिसाईको सास
राहतको सास
जिन्दगीको सास
अहिले
बैँसालु मनहरु सपना बुन्छन
माया र पिरिमको
सुनौलो भबिश्यको
सङ्गै मर्ने बाँच्ने चाहनाहरुको
बाजेको चौतारीमा
अहिले
आफ्नो इज्जत साहुलाई भेटी चढाउदै
पिपलको हाँगामा
मृत्युसङ्ग समागम गर्छन
कयौँ सानुमायाहरु
अहिले
जवानिमा लाहुर जान नसकेका बुढा तन्नेरीहरु
तास फिटिरहेछन
अनि हार्दै छन उर्लदो जवानिको जोश
जुवाको खेलमा
लाहुर गाका बुढाहरु गफ पेलिरहेछन
आफ्नो,देशको,भुगोलको
बाजेको चौतारीमा
अहिले
बाजे र बज्यैको अस्तुसङ्गै
बगिगयो चौतारी चिन्दा
चुहिएका बाजेका पसिनाहरु
चौतारी मुसार्दा खिइएका बज्यैका नङ्गहरु
र कहिलेकाहिँ
बाजे र बज्यैको यादमा फ्याक्ने गर्छ
पिपलको बोटले सम्झनाका सुस्केराहरु।।