CESS-Nepal

Archives 2022

GIS Training and a Short Introduction to Remote Sensing

Training Course Syllabus

Introduction and Overview of GIS and Software

  1. Definition of a GIS features and functions
  2. GIS as an Information System
  3. Introduction to QGIS interface
  4. Download GIS data of Nepal and create map (Practice)

Map Projections and Coordinate Systems

  1. Creating GIS Maps
  2. Map projections
  3. Coordinate systems
  4. Coordinate transformation (Practice)

Spatial Data Models

  1. Concept of data model
  2. Raster data model
  3. Vector data model
  4. Using Vector analysis tools (practice)
  5. Using Raster analysis tools (practice)
  6. Create Map Atlas

Data Sources

  1. GIS data sources
  2. GIS Data Creation (practice)
    • Image Georeferencing (Practice)
    • Creating vector data from image (practice)

Data formats

  1. Vector data formats
  2. Raster data formats

Short Introduction to Database for GIS (Concept only)

  1. Database concepts and components
  2. Geopackage as database
  3. PostgreSQL and PostGIS

Surface Model

  1. DEM
  2. Terrain variables (slope, aspect, hillshade etc)
  3. Other raster functions.

River Network Generation (Theory and Practice)

  1. Flow direction
  2. Flow accumulation
  3. River network and watershed boundary delineation.

Global Navigation Satellite System (GNSS)

  1. Basic concept of GPS
  2. Errors in GPS
  3. Apapplication of GNSS.

Short Introduction to Remote Sensing

  1. Concept of remote sensing
  2. Dowloading RS data
  3. RS analysis practice

QGIS Training Session

QGIS provides all of the tools, professionals require to organize and retrieve information from images and remotely sensed data. It contains visualization,analysis capabilities and access to the world’s most extensive imagery library. Engineers, geologists, and data scientists all use QGIS software to map and organize geographic data. In light of this, CESS- Nepal, Pulchowk Campus is pleased to provide a 22-hour QGIS Training session led by Dr. Akhilesh Kumar Karn.(Teaching GIS and Remote Sensing (MS Disaster Risk Management and BE Elective – III)

Registration is open until November 5 at 8 P.M. The training session will begin on November 6, from 6 P.M. until 8 P.M. The cost per individual would be Rs. 400.

A verifiable certification of participation will be provided to the students by the Department after the completion of classes and submission of assigned projects.

Submit your responses through the form provided below: https://forms.gle/LP7cVWpa4WZ1Xtg96

For more information, students can contact:Ashish Ojha (984481617)Sundar Mani Bhattarai (9840459750)(*ONLY FOR STUDENTS OF PULCHOWK CAMPUS. FUNDS ARE NON-REFUNDABLE IN CASE OF REGISTRATION BY OUTSIDE STUDENTS)

Local Conference of Youth 2022

The true goal of civil engineering is taking development and the conservation of environment hand in hand. So it is of utmost importance for civil engineering students to be involved in policy making platforms that deal with environment conservation.

Considering that, CESS-Nepal is glad to present “Local Conference of Youth (LCOY),2022” as a YOUNGO event with the rationale of influencing young people to take climate action at the local, national, or regional levels.

LCOY is a conference that falls under the purview of YOUNGO, the official youth constituency of the United Nations Framework Convention on Climate Change (UNFCCC). Its objectives are to serve as a forum for advancing young people in climate policy making nationally and yielding contributions for worldwide conferences.

This call for applications is a beginning step for you if you value environment, biodiversity, and are worried about climate changes. This could be a perfect opportunity to interact and communicate with other students, experts, and climate change advocates.

Interested individuals can join the event digitally through Zoom in October 28 and 29, in order to reach and engage individuals from all around Nepal.Join us for the two-day LCOY Nepal virtual session to take part and contribute to a greater good.

Date: October 28 and 29.Time: 11 A.M

Submit your responses through the form provided here: Click Here

हार्दिक शुभकामना ।।

महालक्ष्मी नमस्तुभ्यं नमस्तुभ्यं सुरेश्वरी ।
हरी प्रिये नमस्तुभ्यं नमस्तुभ्यं दयानिधे ।।

देश विदेशमा रहनुभएका ईष्टमित्र,दाजुभाई, दिदीबहिनी आमाबुबा,गुरुवर्ग, साथीहरू सबैलाई CESS-Nepal परिवारको तर्फबाट शुभ दीपावली/ तिहार / भाइटिका २०७९ को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ । सबैको घरघरमा सुख र समृद्धि छाओस् सप्तरङ्गी टीकाझै जीवन रंगीन बनोस्लक्ष्मी माताको सधै कृपा बनिरहोस् ।

हार्दिक शुभकामना ।।

Completion of AutoCAD Training Session

We are happy to report that CESS-Nepal’s 7-day AutoCAD training session, which was overseen by Asst. Prof. Gopal Singh Bhandari, has been a success. In our class, we had more than 90 enrolled pupils.We want to express our gratitude to Gopal Sir for giving us his time and effort. We also appreciate the coordination and concern received from everyone during the process. A special thanks goes out to the Department of Civil Engineering at the Pulchowk Campus for working with CESS-Nepal to organize an AutoCAD training session.Each student will receive a certified Certificate of Course Completion after submitting their project.Thank you everyone, for your support!

Editorial Team – 2079

“Literature adds to reality, it does not simply describe it. It enriches the necessary competencies that daily life requires and provides; and in this respect, it irrigates the deserts that our lives have already become.”Keeping this in mind, We are pleased to announce that we found the best candidates for our long-lasting positions of CESS NEPAL EDITORIAL TEAM, working under the Editor in Chief, Nishchal Nath Sigdel. We have decided to bring the new members to the team as their knowledge matches and exceeds the requirements for the role. The team will work together to shape your works of literature and help to publish them.Congratulation and best wishes to all!

AutoCAD Training Session

Drawing, language of imagination for civil engineers.It can be compared to weapons of soldiers, pen for poets or knife for surgeons. It is an art to express the creativity and idea and shape into concrete structure. CESS-Nepal with the motive of being light into this path of imagining and shaping structures presents `AutoCAD TRAINING SESSION´.

Starting Date: Sunday 16 October onwards (5:30 PM-7:30 PM daily)

Platform : Google Meet

Trainer : Asst. Prof. Gopal Singh Bhandari

Let’s sketch our creativity! A verifiable certification of participation will be provided to the students by the department after the completion of classes and submission of assigned projects.

The syllabus for the training session can be viewed here: https://bit.ly/3SXsSZd

For more information: Prabesh Sah(9819929399) Keshav Dhami(9863946738)

(*ONLY FOR STUDENTS OF PULCHOWK CAMPUS. FUNDS ARE NON-REFUNDABLE IN CASE OF REGISTRATION BY OUTSIDE STUDENTS)

Blind Love

परिभाषा नै गलत तिम्रो

आशा बोकेछु धेरै  ठूलो

ग्रहण लाग्यो मायामा मेरो 

छुरा हान्यौ किन तेत्रो ?

पश्चातापको आगोले जलें म त छिया छिया

संगत नै गलत जस्तो लाग्थ्यो मलाई फिक्का फिक्का

आज पोख्दै छु मेरो भित्री मनको भावना

विडम्बना थियो तर चाहान्छु उस्कै कामना ।।।

हिजो मायामा अन्तिम date आज मनमा कुरा अनेक

तिम्रो आँखा बोल्थ्यो like a truth ,I came to know, सबै झुट

Phone गर्थ्यौं घरिघरि throne भने थरिथरि

BF झनै तिम्रो टन्नै कमी के मा थ्यो र बरै।।।

But I don’t give a fu*k bitch

Fake love gotta mental itch 

Lemme ‘Emceeing’ my dream stream

I thought ‘Loving’ like an ice-cream……….

I wanna make my career heaven

I’ma feel kinda rough tough oven

‘Cause I fu*k  fake shits escaping outta guilts

I am tryna groom rap shit spitting poetry on the beat ………

Never ending….

परिवर्तनको एक गन्तव्य

अहिलेको समयसम्म नेपाल एक विकासको गति तिर लम्कँदै गरेको मुलुक हो। सामाजिक, आर्थिक अनि पूर्वाधारको विकासमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा हावी बन्ने गरेको नेपाली राजनीति सबल हुन नसक्दा विभिन्न क्षेत्रबाट सिर्जित अनावश्यक भूमरीले विकासको गति सुस्त रहेको छ। विगत देखि नै पुस्तान्तरण भएर आएका र वर्तमानमा जन्मिएका अनेक समस्याहरुले गिजोलिएको हुनाले समस्या समाधानका उपाय केही क्षण र ५/७ वर्षमा सम्भव नहुन सक्छन्। त्यसको लागि हाम्रो निरन्तर पहल कदमी चाहिन्छ। नेपाली समाज धेरै नै विभाजित छ। पुरातनवादी समाज र सोचको साथै वर्तमानमा हुनेगरेका फरक विचार समूहको आफ्नो-आफ्नो प्रचारबाजीले हामिलाई विभाजन गरिरहेको छ। अबको केही समय यो प्रक्रिया चली नै रहने छ। फरक विचार राख्नु सधैँ सान्दर्भिक होला तर नेपाली समाजमा प्रयोग हुन सक्ने विकासको मोडेल धेरै हुन सक्दैनन्। विश्वमा प्रयोग भइरहेकै राजनीतिक व्यवस्था, प्रशासनिक व्यवस्था र अन्य संरचनात्मक व्यवस्थाको फरक फरक मोडेल प्रयोग हुने हुन। राजनीतिक सिद्धान्तहरू पनि त्यसैअनुरूपको छन्।

अहिलेका विद्यार्थीहरु नै भोलि फरक फरक विधाको विद्वान बन्ने हुन। फरक क्षेत्रको नेतृत्व गर्न सक्षम हुन वर्तमानमा आफूलाई निखार्दै भोलिको दिनमा आफू पालिन, आफ्नो परिवार पाल्न, आफ्नो इच्छा अनुसारको दैनिकी गुजार्न, आफ्नो उद्देश्य, चाहना, समयको माग, समाजको आवश्यकता अनुसारको प्रशासनिक, राजनीतिक लगायतका विभिन्न पेशा अपनाउने छन्। कतिपयको सोच होला, आफ्नो सर्वाङ्गीण विकासको लागि विदेश जाने र उतै व्यवसाय गरेर जीवन गुजार्ने। नेपालमा अवसर नदेखेर/नभेटेर या क्षमताको अवमूल्यन भएर विदेशिने नेपालीहरुको संख्या उलेख्य रहेको छ। नेपालमा सुधार गर्नुपर्ने के के छन्? कसरी सुधार गर्न सकिन्छ? नेपालमा सान्दर्भिक हुने विकासको मोडेल, राजनीतिक मोडेल, प्रशासनीक संरचना कस्तो कस्तो हुनु पर्छ, त्यो सबै हामीलाई थाहा छ। तर आफ्नो पसिना यही माटोमा बगाउन गर्नु पर्ने केही सम्झौताहरु गर्न मञ्जुर नहुँदा भनौँ वा देश भित्र त्यसको लागि उपयुक्त वातावरण नपाउँदा र विज्ञहरुको विषय विज्ञता अनुसारको कार्य विभाजन नगरी आफ्नो मान्छे खोज्ने सम्बन्धित सरोकारवालाहरुको व्यवहारले गर्दा अरू देशको विकासको महत्वपूर्ण हिस्सा नेपाली विज्ञहरु बनिरहेका छन्। सरकारी कर्मचारीहरुको तलब र भत्ता बढ्दो आवश्यकता अनि महँगी सँगै समायोजन भएर पर्याप्त हुन नसक्दा भ्रष्टाचार लगाएतका विकृतिहरू दिनानुदिन बढ्दै छन्। समाजबादको राजनीति गर्नेहरु सम्पन्न बन्दै गरेको अवस्था छ। नेपालका धनाढ्य भनिएकाहरु नै गरीब छन्, यसको मतलब वास्तविक रुपमा सर्वहारा वर्ग नरहेको भन्न सकिन्छ। सांस्कृतिक बहुलवादको सिद्धान्तबाट सिंचित नेपाली संस्कृति रहेको हुनाले कुनै एउटा जात, परम्परा र धर्म-संस्कृतिलाई प्रधान मानेर राज्यका नीति निर्माण गर्नुको पनि खासै सान्दर्भिकता रहँदैन।

अब परिवर्तनको एउटा मोडेल हेरौँ। एउटा व्यक्ति, परिवार, समाज लगायत पुरै देशको विकासको आधार भनेको शिक्षा हो। कुनै व्यक्तिले आर्जन गरेको शिक्षा उसको व्यवहारमा देखिनु पर्छ। शिक्षित व्यक्तिको व्यवहारमा देखिने परिवर्तन नै उसको शैक्षिक मापनको आधर मान्नु पर्छ न कि उसले हासिल गरेको अंक र श्रेणी। एउटा व्यक्तिले विद्यालयमा आर्जन गरेको ज्ञान अर्थात् सीप दैनिक जीवनमा उपयोग गरेर आफ्नो अनि आफूसँग आश्रित पारिवारिक सदस्यको गुजारा चल्ने साथै अरूको दैनिकीलाई सहजता प्रदान गर्ने किसिमको हुनु पर्छ। परिवर्तनको लागि शैक्षिक क्षेत्रमा कब्जा गरी त्यसलाई नेपाल अनि नेपाली समाज अनुकुलको बनाउन जरुरी हुन्छ। एउटा यस्तो समूह बनाउन जरुरी छ जसले हामीले चाहेको जस्तो देश बनाउन, देशको समग्र पक्षको विकास गर्ने मास्टर प्लान बनाउन सकोस्। हरेकको रुचिअनुसारको विधा जिम्मा दिने र त्यो विधामा हिजोको अवस्था, आजको विद्यमान परिस्थिति, यसको निरन्तरताले भोलि कुन ठाउँमा पुर्याउँछ, भोलिको आवश्यकता के हो र त्यहाँ सम्म पुग्न वर्तमानको के के कुराले कस्तो असर गरेको छ, अबको ५, १०, १५, २० वर्षमा के के कार्य कसरी कसरी गर्दा त्यो हामीले चाहेको सफलता सम्म पुग्न सकिन्छ भन्ने बृहत स्तरको योजना तथा कार्यक्रम बनाउने र ऐक्यवद्धताको साथ काम गर्नु पर्छ।  त्यसको लागि विश्वका विकासको मोडेलहरु, राजनीतिक, सामाजिक, आर्थिक विकासको क्रममा भएका र भइरहेका प्रयासहरू, सम्भाव्य समस्या र आइपर्ने जटिलताहरू बटुलेर विस्तृत जानकारी राख्ने साथै अध्ययन गरी नेपालको परिवेशमा लागू गर्न सक्ने जनशक्ति आवश्यक पर्छ। हाम्रो शिक्षामा व्यावहारिकता ज्यादै न्यून रहेको हुनाले सम्पूर्ण देशव्यापी रुपमा यस्तो मोडेलहरु प्रयोग गर्न असम्भव प्रायः छ। त्यसैले एउटा यस्तो क्षेत्र, जसमा त्यो विज्ञहरुको समुहको बाहुल्यता होस्, को निर्माण गर्नु पर्छ। त्यो क्षेत्रलाई सम्पूर्ण रुपमा अलग गरेर त्यहाँ बसोबास गर्ने हरेक परिवारलाई त्यही क्षेत्रमा कुनै उद्योग कलकारखाना खोलेर उद्यमशील बनाउनु पर्छ। विद्यालय खोलेर कम्तीमा त्यो क्षेत्रका सबै बालबालिकाहरुलाई व्यवहारिक शिक्षा दिनु पर्छ। मानिसका आधारभूत आवश्यकता देखि लिएर स्वस्थ जीवनकालागि चाहिने विलासिता सम्मको उपलब्धता त्यसै क्षेत्र भित्र सुनिश्चितता गर्नु पर्छ।  शून्य आयातको अवधारणा अपनाएर निर्याततर्फ केन्द्रित हुने गरी कृषि पशुपालन र उद्योग कलकरखानाको सन्दर्भमा क्रान्ति गर्नु पर्छ। त्यसपछि त्यो क्षेत्रबाट १०,२०,४० हुँदै सयौँको  संख्यामा कृषक,  शिक्षक, खेलाडी, राजनीतिज्ञ, कूटनीतिज्ञ, वैज्ञानिक लगायतको हरेक क्षेत्रमा दख्खल राख्ने दक्ष जनशक्ति उत्पादन हुने छन्। अनि तिनीहरूको परिचालनबाट यस्तो विकास र परिवर्तनको मोडेल देशको अरू क्षेत्रमा पनि विस्तार गर्नु पर्छ।

यो सबैको सार भनेको शिक्षा क्षेत्रमा कब्जा जमाउने र देश परिवेश अनुरुपको बनाउने, देश विकासको मोडेल अरू देशको अनुसरण गरेर होइन अध्ययन गरेर त्यसलाई हाम्रो देश सुहाउँदो मोडलमा रूपान्तरण गर्ने, शिक्षा, खेलकुद, राजनीति, प्रशासन लगायतको सम्पूर्ण क्षेत्रमा विषय विज्ञताको अनुसारमा जनशक्ति परिचालित हुने, हरेक क्षेत्रका विज्ञहरु र कुनै न कुनै रुपमा अमूल्य योगदान दिने हरेकलाई पर्याप्त सेवासुविधाको सुनिश्चितता गर्ने र हरेक नेपालीलाई आफ्नो जीवनको उत्पादनशील समय मध्यको १०/२० वर्ष वा केही अंश भए पनि नेपालको लागि काम गर्न प्रेरित गर्ने योजनाहरू बनाएर लागू गर्नु पर्ने हुन्छ।

अन्ततः हामीले यस्ता अनेक योजना र कार्यक्रमहरु बनाएको हुन्छौँ अनि त्यसलाई लागू गर्न केही समय लाग्छ। त्यो लागू गर्दै गर्दा प्रतिबद्धताहरु विचलित भएर केही स्वार्थी विचारहरू हावी हुन सक्छन्। त्यो हुन नदिन हामीले बनाएको दीर्घकालीन योजना, नीति तथा कार्यक्रमहरु लागू गर्न एउटा कुशल तानाशाहको अवधारणा ल्याउन सकिन्छ जसमा हामी आँफैले बनाएका योजना, कार्यक्रम तथा नियम विपरीतका कार्यहरु गर्न बन्देज हुन्छ। आजको हाम्रो कमजोरी भोलिको वास्तविकता बनेर हामीलाई नै गिज्ज्याई रहँदा पक्कै पनि हामीलाई राम्रो लाग्दैनन् । त्यसैले समयमै दूरगामी सोच लिएर त्यसैअनुसार आफूलाई झुकाउँदै लैजानु आवश्यक देखिन्छ।

विश्वविद्यालय शिक्षामा कोभिडको प्रभाव, अवसर र चुनौती

विश्वविद्यालय शिक्षामा कोभिडको प्रभाव, अवसर र चुनौती

विश्वविद्यालय जहाँ विश्वको अनेकौँ देशका नागरिक विद्यार्थी बन्न सक्छन् अनि यहाँका विद्यार्थी विश्वका अनेकौँ मुलुकको हरेक पक्षका समस्या, आवश्यकता, चुनौतीको सामना गर्ने हैसियतको ओहोदामा पुग्छन्, पुगिरहेको छन्। प्रभाव भन्नाले कोभिडको कारणले विश्वविद्यालय शिक्षामा परेको असर; अवसरभन्नाले कोभिडको कारणले विश्वविद्यालय शिक्षामा कुनै काम कुरो गर्न सिर्जना भएको  मिल्दोजुल्दो अवस्था, मौका, अनुकूल समय; चुनौती भन्नाले कोभिडको कारणले विश्वविद्यालयले सामना गर्नु परेको र गर्न पर्ने सम्भावित समस्याहरू र ती समस्या संग जुध्न गर्नुपरेको संघर्षलाई बुझ्न सकिन्छ ।

शिक्षा भन्ने बित्तिकै विद्यार्थी, शिक्षक र विद्यालय बिचको सन्तुलित अनि समष्टिगत रूप भनेर बुझ्न सकिन्छ। शिक्षक र विद्यार्थीले कुनै समुदायको प्रतिनिधित्व गर्छन् भने विश्वविद्यालयले समग्र राष्ट्रकै चिनारी दिने गर्छ। यसर्थ विश्वविद्यालय शिक्षामा आउने हलचलले समग्र देशकै शैक्षिक, धार्मिक, सामाजिक तथा आर्थिक, राजनैतिक र प्रशासनीक लगायतका सदैव चलायमन रहिरहनु पर्ने क्षेत्रमा समेत  गहिरो तरङ्ग फैलाउँछ भने त्यी क्षेत्रमा फैलने तरंगको सामु विश्वविद्यालयले पनि डुबुल्की मार्नै पर्छ।

आफ्नै लयमा हिँडिरहेको विश्वविद्यालय शिक्षा अकास्मात देखिएको कोभिडको कारणले केही समय सम्म त घायल नै बन्यो। सामाजिक दूरी कायम गर्नु एक प्रभावकारी संक्रमण फैलावट लाई कम गर्ने उपाय भएकोले विद्यालयहरू एक्कासी बन्द गर्नु पर्यो। अत्याधिक मनोवैज्ञानिक त्रास छोटो समयमा देखा पर्यो भने भाइरस बारेको अनविज्ञताले गर्दा कति खतरनाक हो भन्ने बुझ्न केही समय लाग्यो। निश्चित स्रोत र साधान भएको शैक्षिक क्षेत्र केही गर्न सक्ने अवस्थामा रहेन। यस्तो महामारीको विपदमा विद्यार्थीहरू पनि विद्यालय गएर अध्ययन गर्ने पक्षमा रहेनन्,। वैकल्पिक शिक्षण प्रविधिको प्रयोग शून्य भएको हुनाले धेरै जसो विश्वविद्यालयहरु पूर्णत: बन्द रहे। चलिरहेका र अन्तिम तयारी सकिएका परिक्षा स्थगित भए। विद्यार्थीले कुनै तहको पढाइ पूरा गर्न लाग्ने भन्दा धेरै समय लाग्ने भयो। यसले देशको अमूल्य जनशक्ती, देश विकाशको आधार, समाजलाई हरेक क्षेत्रमा प्रत्येक पलमा नेतृत्व प्रदान गर्न सक्ने योग्य उलेख्य संख्याको विद्यार्थी वर्ग बजारमा आउन पाएन, सकेन। फलस्वरूप देशले दक्ष, तालिम प्राप्त, योग्य जनशक्ती गुमायो, समाजले आफ्नो नेतृत्व गुमायो, परिवारले थप आर्थिक चपेटा अनि मनोवैज्ञानिक त्रासको भार बोक्नु पर्यो भने विद्यार्थी स्वयमले आत्मनिर्भर बन्ने उपलब्धिमूलक वर्षको आफ्नो मूल्यवान समय गुमायो जसको प्रत्यक्ष र अप्रत्यक्ष असर केही दशक सम्म झेल्नु पर्ने कुरा अवस्यम्भावी छ। विद्यार्थी वर्ग अनि उसको परिवारले व्यहोर्नु परेको स्वस्थ समस्या, जटिलता, आर्थिक तथा मानविय क्षतिको हिसाब किताब गर्ने हो भने त कल्पना गर्न नसकिने अवस्था छ।

अर्को तिर केही विकसित मुलुकका प्रविधिले सम्पन्न विश्वविद्यालय तुलनात्मक रुपमा छोटो समयको लागि बन्द रहे। आफ्नो परिवार मिलन र सहानुभूति साटासाट गर्न विश्वको अनेक विश्वविद्यालयका विद्यार्थी आफ्नो देश, आफ्नो घर फर्किएको अवस्था रहेको र प्रायः सबै देशले बाह्य उडानमा प्रतिबन्ध लगाएको कारणले उनीहरू तत्काल सुचारु गरिएको शिक्षा लिन समर्थ थिएनन्। जसको कारण लाखौँ विद्यार्थी शिक्षा बाट वञ्चित हुनु पर्यो। प्रकाशित तथ्याङ्क हेर्दा अमेरिकामा अध्ययन गर्ने विदेशी विद्यार्थीको ३३.७ % चिनियाँ र १८.४ % भारतीय विद्यार्थीहरू रहेको अवस्थामा अमेरिकी विश्वविद्यालय सुचारु हुँदा ८३० चिनियाँ विद्यार्थीले आफ्नो पढाइ छोडेको कुरा IIE को तथ्याङ्कमा छ। अप्रकाशित तर देखेको र महशुस गर्न सकिने हजारौँको तथ्याङ्क हामी माझ छ जहाँ धेरै विद्यार्थी शिक्षा बाट वञ्चित भएका छन्।

समस्या तबसम्म रहि रहन्छ जबसम्म त्यसको समाधान भेटिँदैन। विद्यमान प्रणालीको औचित्य तब सम्म हुन्छ जब यो उपयोगी हुन्छ र अर्को सुदृढ, समुन्नत र मजबूत वैकल्पिक प्रणाली भेटिँदैन। हो, विश्वविद्यालयको समकालीन यथार्थता पनि यस्तै रह्यो। आमुन्ने सामुन्ने भएर सञ्चालन हुने कक्षाहरू अनलाइन माध्यममा रूपान्तरण भए। सेतोपाटी, मार्करको उपयोग हुने शिक्षण विधिलाई कम्प्युटर र अरू डिजिटल सामग्रीले विस्थापान गर्ने अवस्था आयो।

विश्वका धेरै विश्वविद्यालयमा प्रथम श्रेणीका अनुभवी प्राध्यापक अथवा कुनै ऊर्जावान शिक्षकले पढाएको सामग्री सहजै उपलब्ध हुने वातावरण बन्यो। एउटा विद्यार्थीले कुनै एउटा विश्ववद्यालय र त्यहाँको शिक्षकहरूमा मात्रै पूर्ण निर्भर रहनुपर्ने बाध्यता टर्यो। कुन विश्वविद्यालयमा कुन पाठ्य सामग्रीहरु कसरी प्रयोग भइरहेको छन, के कस्तो स्तरमा पढाइ हुन्छ भन्ने कुरा सबैको सामु छर्लङ्ग भएको छ। भनौँ सबैजसो विश्वविद्यालय विश्वभरका विद्यार्थीको लागि खुला किताब जस्तै बनेको अवस्था रह्यो। हरेक विद्यार्थीले चाहेको विषयवस्तु सम्बन्धित विषयको विज्ञबाट सिक्न सक्ने सुनौलो अवसर कोभिडले जुटाइदियो। Zoom, Microsoft Teams, Google Meet, Go-To Meeting जस्ता अनलाइन मीटिंग app को प्रयोग तिव्र बन्यो भने यसको उत्पादक र सञ्चालक कम्पनीहरुमा ठुलो रोजगारी सिर्जना भयो। शिक्षण कर्मीले यातायातको साधनमा खर्चनु पर्ने समय वचत भयो। सामाजिक भेटघाट र अनावश्यक मनोरञ्जनात्मक क्रियाकलाप शून्य बने जसले एउटा विद्यार्थीले सामान्य भन्दा धेरै समय पायो जुन समय आफ्नो व्यक्तित्व विकासको अनि रुचिको अनेक क्षेत्रमा उपयोग गर्न सक्ने अवस्था रह्यो। आफूले गरेको कार्यको पुनरावलोकन गर्ने समय मिल्यो, इन्टरनेटको उपयोगले सिकाइ सरल, सहज र छरितो बन्यो, सवारी साधन र कलकारखाना ठप्प हुनाले सिकाईको लागि अनुकूल हुने  स्वच्छ, कम प्रदूषित वातावरण बन्यो। अर्कोतिर इन्टरनेटको उपलब्धता न्यून रहेको देशको कुनाकाप्चामा रहेका बस्तिलाई प्रतिनिधित्व गर्ने, कमजोर आयश्रोत भएको परिवारबाट अधिक मेहनत गरेर विश्वविद्यालय स्तरको पढाई गरिरहेका अत्याधिक ठूलो संख्याका विद्यार्थीहरूको लागि भने यो डिजिटल शिक्षा “आकाशको फल आँखा तरी मर” जस्तै भयो। शिक्षाको पहुँचमा असमानता आयो भने पढाइ छोड्न बाध्य हुने विद्यार्थीको संख्या धेरै देखियो। शिक्षक र विद्यार्थीको बिचमा अन्तरक्रियात्मक शिक्षण सिकई हुन नसकेकोले शैक्षिक गुणस्तर कस्तो रह्यो भन्ने प्रश्न त जहिले पन रहने नै भयो।

कोभीडले विश्वविद्यालयमा विद्यमान रहेका कमजोरी, श्रोत साधन र सुविधाको अपर्याप्तताको पर्दा खोलिदियो। आधुनिक प्रविधिको उपयोगले चुस्तदुरस्त प्रणालीको विकास भयो। केही प्रयोगात्मक विषयलाई छोड्ने हो भने अनलाइन प्रविधिमा हुने सिकाईको आयतन भौतिक उपस्थितिमा हुने सिकाईको तुलनामा धेरै हुन्छ, यसले विद्यार्थीले आर्जन गर्ने शिक्षाको दायरा फराकिलो बन्यो। शिक्षक एबम् विद्यार्थीलाई सूचना र सञ्चारको नयाँ प्रविधिसँग घुलमिल हुन सिकायो, सिकाईको नयाँ प्रणाली प्रयोग गर्न प्रेरणा मिल्यो। यसले शिक्षक विद्यार्थीलाई आधुनिक विश्वमा विकास र प्रयोग भएका प्रविधिसँग साक्षात्कार गराइदियो, शिक्षण सिकाईको क्षेत्र र विधिमा भएको नयाँ प्रयोगले विद्यार्थीको  सहभागिता उल्लेख्य भयो भने विश्वविद्यालय शिक्षामा दूरगामी र प्रभावकारी परिवर्तन गर्ने वातावरण बन्यो।

विश्वको द्रुत गतिमा परिवर्तन भइरहेको शिक्षा क्षेत्रमा समायोजन हुन डिजिटल प्रविधि उपयोग गर्न सक्ने तालिम प्राप्त शिक्षक एबम् शिक्षण प्रणाली आवश्यक देखिन्छ। शिक्षा क्षेत्रमा प्रयोग नभएका अथवा गलत तरिकाले प्रयोग भएका विधिहरू, रणनीतिहरु तत्काल बदल्नुपर्ने छ। नयाँ र दूरगामी प्रविधिको विकास र प्रयोग गर्न अभ्यस्त बनेर विश्वविद्यालय शिक्षालाई आगामी दिनमा दोहोरिन सक्ने यस्ता प्रतिकूल परिस्थिले छुन चलाउन नसक्ने अवस्थामा पुर्याउनु पर्ने छ। महामारी पछिको विद्यार्थीको ज्ञान आर्जन सुनिश्चितता साथै नतिजामुखी सिकाई र शैक्षिक स्तरीयता कायम राख्दै शिक्षण सिकाई र मूल्याङ्कनको अन्य वैकल्पिक विधिहरू खोजी गर्नु पर्ने छ भने यसलाई भोलिको दिनमा सरल तवरबाट सहजै लागू गर्न सक्ने गरी चुस्तदुरुस्त अवस्थामा राख्नु जरुरी छ। विद्यार्थीको कमजोर बनेको मनोबल र मानसिक स्वास्थ्यलाई सुधार गर्न, हरेक विद्यार्थी, परिवार, समाज र देशले यो कोभिडको अवधिमा झेल्नुपरेको घाटा र समस्यालाई सम्बोधन गर्न विश्वविद्यालयको तहबाट प्रभावकारी कदम चाल्नु पर्ने छ।