CESS-Nepal

Archives February 2022

विश्वविद्यालय शिक्षामा कोभिडको प्रभाव, अवसर र चुनौती

विश्वविद्यालय शिक्षामा कोभिडको प्रभाव, अवसर र चुनौती

विश्वविद्यालय जहाँ विश्वको अनेकौँ देशका नागरिक विद्यार्थी बन्न सक्छन् अनि यहाँका विद्यार्थी विश्वका अनेकौँ मुलुकको हरेक पक्षका समस्या, आवश्यकता, चुनौतीको सामना गर्ने हैसियतको ओहोदामा पुग्छन्, पुगिरहेको छन्। प्रभाव भन्नाले कोभिडको कारणले विश्वविद्यालय शिक्षामा परेको असर; अवसरभन्नाले कोभिडको कारणले विश्वविद्यालय शिक्षामा कुनै काम कुरो गर्न सिर्जना भएको  मिल्दोजुल्दो अवस्था, मौका, अनुकूल समय; चुनौती भन्नाले कोभिडको कारणले विश्वविद्यालयले सामना गर्नु परेको र गर्न पर्ने सम्भावित समस्याहरू र ती समस्या संग जुध्न गर्नुपरेको संघर्षलाई बुझ्न सकिन्छ ।

शिक्षा भन्ने बित्तिकै विद्यार्थी, शिक्षक र विद्यालय बिचको सन्तुलित अनि समष्टिगत रूप भनेर बुझ्न सकिन्छ। शिक्षक र विद्यार्थीले कुनै समुदायको प्रतिनिधित्व गर्छन् भने विश्वविद्यालयले समग्र राष्ट्रकै चिनारी दिने गर्छ। यसर्थ विश्वविद्यालय शिक्षामा आउने हलचलले समग्र देशकै शैक्षिक, धार्मिक, सामाजिक तथा आर्थिक, राजनैतिक र प्रशासनीक लगायतका सदैव चलायमन रहिरहनु पर्ने क्षेत्रमा समेत  गहिरो तरङ्ग फैलाउँछ भने त्यी क्षेत्रमा फैलने तरंगको सामु विश्वविद्यालयले पनि डुबुल्की मार्नै पर्छ।

आफ्नै लयमा हिँडिरहेको विश्वविद्यालय शिक्षा अकास्मात देखिएको कोभिडको कारणले केही समय सम्म त घायल नै बन्यो। सामाजिक दूरी कायम गर्नु एक प्रभावकारी संक्रमण फैलावट लाई कम गर्ने उपाय भएकोले विद्यालयहरू एक्कासी बन्द गर्नु पर्यो। अत्याधिक मनोवैज्ञानिक त्रास छोटो समयमा देखा पर्यो भने भाइरस बारेको अनविज्ञताले गर्दा कति खतरनाक हो भन्ने बुझ्न केही समय लाग्यो। निश्चित स्रोत र साधान भएको शैक्षिक क्षेत्र केही गर्न सक्ने अवस्थामा रहेन। यस्तो महामारीको विपदमा विद्यार्थीहरू पनि विद्यालय गएर अध्ययन गर्ने पक्षमा रहेनन्,। वैकल्पिक शिक्षण प्रविधिको प्रयोग शून्य भएको हुनाले धेरै जसो विश्वविद्यालयहरु पूर्णत: बन्द रहे। चलिरहेका र अन्तिम तयारी सकिएका परिक्षा स्थगित भए। विद्यार्थीले कुनै तहको पढाइ पूरा गर्न लाग्ने भन्दा धेरै समय लाग्ने भयो। यसले देशको अमूल्य जनशक्ती, देश विकाशको आधार, समाजलाई हरेक क्षेत्रमा प्रत्येक पलमा नेतृत्व प्रदान गर्न सक्ने योग्य उलेख्य संख्याको विद्यार्थी वर्ग बजारमा आउन पाएन, सकेन। फलस्वरूप देशले दक्ष, तालिम प्राप्त, योग्य जनशक्ती गुमायो, समाजले आफ्नो नेतृत्व गुमायो, परिवारले थप आर्थिक चपेटा अनि मनोवैज्ञानिक त्रासको भार बोक्नु पर्यो भने विद्यार्थी स्वयमले आत्मनिर्भर बन्ने उपलब्धिमूलक वर्षको आफ्नो मूल्यवान समय गुमायो जसको प्रत्यक्ष र अप्रत्यक्ष असर केही दशक सम्म झेल्नु पर्ने कुरा अवस्यम्भावी छ। विद्यार्थी वर्ग अनि उसको परिवारले व्यहोर्नु परेको स्वस्थ समस्या, जटिलता, आर्थिक तथा मानविय क्षतिको हिसाब किताब गर्ने हो भने त कल्पना गर्न नसकिने अवस्था छ।

अर्को तिर केही विकसित मुलुकका प्रविधिले सम्पन्न विश्वविद्यालय तुलनात्मक रुपमा छोटो समयको लागि बन्द रहे। आफ्नो परिवार मिलन र सहानुभूति साटासाट गर्न विश्वको अनेक विश्वविद्यालयका विद्यार्थी आफ्नो देश, आफ्नो घर फर्किएको अवस्था रहेको र प्रायः सबै देशले बाह्य उडानमा प्रतिबन्ध लगाएको कारणले उनीहरू तत्काल सुचारु गरिएको शिक्षा लिन समर्थ थिएनन्। जसको कारण लाखौँ विद्यार्थी शिक्षा बाट वञ्चित हुनु पर्यो। प्रकाशित तथ्याङ्क हेर्दा अमेरिकामा अध्ययन गर्ने विदेशी विद्यार्थीको ३३.७ % चिनियाँ र १८.४ % भारतीय विद्यार्थीहरू रहेको अवस्थामा अमेरिकी विश्वविद्यालय सुचारु हुँदा ८३० चिनियाँ विद्यार्थीले आफ्नो पढाइ छोडेको कुरा IIE को तथ्याङ्कमा छ। अप्रकाशित तर देखेको र महशुस गर्न सकिने हजारौँको तथ्याङ्क हामी माझ छ जहाँ धेरै विद्यार्थी शिक्षा बाट वञ्चित भएका छन्।

समस्या तबसम्म रहि रहन्छ जबसम्म त्यसको समाधान भेटिँदैन। विद्यमान प्रणालीको औचित्य तब सम्म हुन्छ जब यो उपयोगी हुन्छ र अर्को सुदृढ, समुन्नत र मजबूत वैकल्पिक प्रणाली भेटिँदैन। हो, विश्वविद्यालयको समकालीन यथार्थता पनि यस्तै रह्यो। आमुन्ने सामुन्ने भएर सञ्चालन हुने कक्षाहरू अनलाइन माध्यममा रूपान्तरण भए। सेतोपाटी, मार्करको उपयोग हुने शिक्षण विधिलाई कम्प्युटर र अरू डिजिटल सामग्रीले विस्थापान गर्ने अवस्था आयो।

विश्वका धेरै विश्वविद्यालयमा प्रथम श्रेणीका अनुभवी प्राध्यापक अथवा कुनै ऊर्जावान शिक्षकले पढाएको सामग्री सहजै उपलब्ध हुने वातावरण बन्यो। एउटा विद्यार्थीले कुनै एउटा विश्ववद्यालय र त्यहाँको शिक्षकहरूमा मात्रै पूर्ण निर्भर रहनुपर्ने बाध्यता टर्यो। कुन विश्वविद्यालयमा कुन पाठ्य सामग्रीहरु कसरी प्रयोग भइरहेको छन, के कस्तो स्तरमा पढाइ हुन्छ भन्ने कुरा सबैको सामु छर्लङ्ग भएको छ। भनौँ सबैजसो विश्वविद्यालय विश्वभरका विद्यार्थीको लागि खुला किताब जस्तै बनेको अवस्था रह्यो। हरेक विद्यार्थीले चाहेको विषयवस्तु सम्बन्धित विषयको विज्ञबाट सिक्न सक्ने सुनौलो अवसर कोभिडले जुटाइदियो। Zoom, Microsoft Teams, Google Meet, Go-To Meeting जस्ता अनलाइन मीटिंग app को प्रयोग तिव्र बन्यो भने यसको उत्पादक र सञ्चालक कम्पनीहरुमा ठुलो रोजगारी सिर्जना भयो। शिक्षण कर्मीले यातायातको साधनमा खर्चनु पर्ने समय वचत भयो। सामाजिक भेटघाट र अनावश्यक मनोरञ्जनात्मक क्रियाकलाप शून्य बने जसले एउटा विद्यार्थीले सामान्य भन्दा धेरै समय पायो जुन समय आफ्नो व्यक्तित्व विकासको अनि रुचिको अनेक क्षेत्रमा उपयोग गर्न सक्ने अवस्था रह्यो। आफूले गरेको कार्यको पुनरावलोकन गर्ने समय मिल्यो, इन्टरनेटको उपयोगले सिकाइ सरल, सहज र छरितो बन्यो, सवारी साधन र कलकारखाना ठप्प हुनाले सिकाईको लागि अनुकूल हुने  स्वच्छ, कम प्रदूषित वातावरण बन्यो। अर्कोतिर इन्टरनेटको उपलब्धता न्यून रहेको देशको कुनाकाप्चामा रहेका बस्तिलाई प्रतिनिधित्व गर्ने, कमजोर आयश्रोत भएको परिवारबाट अधिक मेहनत गरेर विश्वविद्यालय स्तरको पढाई गरिरहेका अत्याधिक ठूलो संख्याका विद्यार्थीहरूको लागि भने यो डिजिटल शिक्षा “आकाशको फल आँखा तरी मर” जस्तै भयो। शिक्षाको पहुँचमा असमानता आयो भने पढाइ छोड्न बाध्य हुने विद्यार्थीको संख्या धेरै देखियो। शिक्षक र विद्यार्थीको बिचमा अन्तरक्रियात्मक शिक्षण सिकई हुन नसकेकोले शैक्षिक गुणस्तर कस्तो रह्यो भन्ने प्रश्न त जहिले पन रहने नै भयो।

कोभीडले विश्वविद्यालयमा विद्यमान रहेका कमजोरी, श्रोत साधन र सुविधाको अपर्याप्तताको पर्दा खोलिदियो। आधुनिक प्रविधिको उपयोगले चुस्तदुरस्त प्रणालीको विकास भयो। केही प्रयोगात्मक विषयलाई छोड्ने हो भने अनलाइन प्रविधिमा हुने सिकाईको आयतन भौतिक उपस्थितिमा हुने सिकाईको तुलनामा धेरै हुन्छ, यसले विद्यार्थीले आर्जन गर्ने शिक्षाको दायरा फराकिलो बन्यो। शिक्षक एबम् विद्यार्थीलाई सूचना र सञ्चारको नयाँ प्रविधिसँग घुलमिल हुन सिकायो, सिकाईको नयाँ प्रणाली प्रयोग गर्न प्रेरणा मिल्यो। यसले शिक्षक विद्यार्थीलाई आधुनिक विश्वमा विकास र प्रयोग भएका प्रविधिसँग साक्षात्कार गराइदियो, शिक्षण सिकाईको क्षेत्र र विधिमा भएको नयाँ प्रयोगले विद्यार्थीको  सहभागिता उल्लेख्य भयो भने विश्वविद्यालय शिक्षामा दूरगामी र प्रभावकारी परिवर्तन गर्ने वातावरण बन्यो।

विश्वको द्रुत गतिमा परिवर्तन भइरहेको शिक्षा क्षेत्रमा समायोजन हुन डिजिटल प्रविधि उपयोग गर्न सक्ने तालिम प्राप्त शिक्षक एबम् शिक्षण प्रणाली आवश्यक देखिन्छ। शिक्षा क्षेत्रमा प्रयोग नभएका अथवा गलत तरिकाले प्रयोग भएका विधिहरू, रणनीतिहरु तत्काल बदल्नुपर्ने छ। नयाँ र दूरगामी प्रविधिको विकास र प्रयोग गर्न अभ्यस्त बनेर विश्वविद्यालय शिक्षालाई आगामी दिनमा दोहोरिन सक्ने यस्ता प्रतिकूल परिस्थिले छुन चलाउन नसक्ने अवस्थामा पुर्याउनु पर्ने छ। महामारी पछिको विद्यार्थीको ज्ञान आर्जन सुनिश्चितता साथै नतिजामुखी सिकाई र शैक्षिक स्तरीयता कायम राख्दै शिक्षण सिकाई र मूल्याङ्कनको अन्य वैकल्पिक विधिहरू खोजी गर्नु पर्ने छ भने यसलाई भोलिको दिनमा सरल तवरबाट सहजै लागू गर्न सक्ने गरी चुस्तदुरुस्त अवस्थामा राख्नु जरुरी छ। विद्यार्थीको कमजोर बनेको मनोबल र मानसिक स्वास्थ्यलाई सुधार गर्न, हरेक विद्यार्थी, परिवार, समाज र देशले यो कोभिडको अवधिमा झेल्नुपरेको घाटा र समस्यालाई सम्बोधन गर्न विश्वविद्यालयको तहबाट प्रभावकारी कदम चाल्नु पर्ने छ।

 

 

प्रेम र विवाह

प्रेम र विवाह

प्रेम’ प्रेमि बनाउनको लागि मात्रै हो भने – प्रेम नगर्नु भए हुन्छ; ‘जिवन’ बाच्नको लागि मात्रै हो भने – नबाच्नु भए हुन्छ; ‘विवाह’ श्रीमान् – श्रीमती बन्नको लागि मात्रै हो भने – नगर्नु भए हुन्छ; ‘साथी’ सुखको लागि मत्रै हो भने – नबनाउनु भए हुन्छ। ‘प्रेम’, ‘जिवन’, ‘विवाह’ अनि ‘साथी’- सबै कुरा त सफलता, सहजता, सहजीकरण अनि प्रेरणाका लागि चाहिन्छ।

मानिस सामाजिक प्रा‍णी हो। सबैभन्दा चेतनशील भएकोले जिवनशैलीलाई सहजता दिन सकेसम्मको चेस्टा मानव जातिले गर्दै आइरहेको छ। वातावरणीय परिवर्तको प्रभावले आवश्यकता, इच्छा, चाहना जस्ता कुराहरु दिन प्रतिदिन बढ्दै छन्। समस्याहरु थपिँदै छन् भने समस्या समाधानका उपाय साथै चुनौतीहरु पनि थपिँदै छन्। बिलासिताको दैनिकी चाहनेहरु पनि बढ्दै छन्। यस्तो अवस्थामा एक अर्कोको साथ, सहयोग अपरिहार्य बनेको छ। आफ्ना सन्तुष्टि, इच्छा, चाहना, आवश्यकता अनि जिवनशैली सहज बनाउन साथै समकालीन अपरिहार्यता र समस्याको सहजै निदान गर्न पलपलमा विचार विमर्श गर्नु पर्छ। तपाईं आफ्ना सन्तुष्टिहरु पुरा गर्न, अनि हरेक किसिमले आउन सक्ने समस्या एवं अप्ठ्यारो परिस्थितिको सामना गर्दै जिवनशैली हरतवरले सहज बनाउन वैचारिक समानता भएको विश्वासनिय कुनै पनि व्यक्तिसँग सम्बन्ध गाँस्न चाहनु हुन्छ भने त्यो प्रेम हो। आफ्ना सन्तुष्टिहरु पुरा गर्न मात्रै कसैले कसैसँग सम्बन्ध स्थापित गरेर त्यसलाई प्रेम सम्झिम्छ भने त्यो केवल भ्रम मात्रै हो। कसैका सबै आवश्यकता, चाहना, इच्छा पुरा गर्न अनि आईपरेका समस्याको समाधान गर्न एउटा व्यक्तीसँगको प्रेम सम्बन्ध कदापी पुर्ण हुँदैन। प्रेम गर्ने व्यक्ती हरेक परिस्थितिमा फरक प्रकृतिको चाहिन सक्छ। तपाईंले प्रेम गर्नु पर्ने/गर्नुभएको व्यक्ती महिला, पुरुष, सिनियर, जुनियर, आफन्त, पराई जो पनि हुन सक्छ। तर सबै सँग तपाइँको प्रेमको रुप भने अवश्य नै फरक प्रकृतिको हुन पर्छ। एउटै उदेश्यको धेरै प्रेमीहरु हुँदा प्रेमिहरुको एउटाको उदेश्यको नकारात्मक प्रभाव अर्कोमा पर्नु भने विल्कुल हुँदैन। यसर्थ, सकारात्मक सझा सोचाई लिएर अगाडि बड्ने सबै सहयात्रीहरु तपाईँका प्रेमी हुन्। सबै जसो मानिसको आवश्यकता, इच्छा, चाहना पुरा गर्न, आफ्ना शारीरिक, मानसिक, संवेगात्मक भावनाहरु साटासाट गर्न, सन्तुष्टिका विषय अनि पक्षमा आपसी छलफल गर्न, दैनिक जिवनका क्षेत्र अनि पारिवारिक र व्यावहारिक समस्याको समाधानको लागि, एक व्यक्तिको जिवनलाई सहजता तिर लानको लागि अर्को सकेसम्म सबैभन्दा बढी समय साथमा रहन सक्ने व्यक्ति अत्यन्तै जरुरी हुन्छ। त्यस्तो अन्तर्लिङ्गि व्यक्ती जो तपाईँ सँग धेरै समय साथमा रहन चाहन्छ, तपाईँको हरेक सफलता, असफलता, सुखदुःखमा साथ दिन चाहन्छ, तपाईँको हरेक कमजोरि, नकारात्मक सोच अनि गल्तिहरुबाट नभागेर सुमार्ग र सकारात्मकताको पाठ सिकाउँछ र गल्ती सुधार्न तर्फ लागिपर्छ, तपाईँका भावनाको सम्मान/कदर गर्छ, तपाईँको सबैभन्दा धेरै विस्वास र तपाईँ माथी भरोसा गर्छ, तपाईँको जिवनमा आफ्नो हस्तक्षेप नरहोस भन्ने चिन्तन राख्दछ अनि तपाईँको ऊ प्रतिको धारणा यस्तै प्रकृतिको छ भने तपाईँहरु प्रेम जोडिको सम्बन्धमा हुनु हुन्छ। समाजले भन्ने प्रेम यहि हो जुन सम्बन्ध तपाईँ अनि ऊ सँग छ।

समाजमा एउटा असाधारण भ्रम रहिआएको छ, प्रेम जोडीले अन्तत विवाहको रुप लिन पर्छ। तर यो बुझ्न जरुरी छ कि “विवाह भनेको स्त्री र पुरुषबिचमा सम्बन्ध स्थापना गराउने एउटा धार्मिक, सामाजिक एवं परम्परागत कृत्य हो” अनि त्यसलाई प्रेमको रुप दिनु एक सामाजिक अनि चेतनशिल प्राणिको दायित्व। वास्तवमा विवाह भनेको पुरुष र महिलाको बिचमा हुने एउटा सम्झौता हो जसमा उनिहरुले आफुलाई श्रीमानश्रीमती भएर एक अर्काको इच्छा, चाहना, भावना, आवश्यकता बुझ्ने, दैनिकीलाई सहजता दिने, आफ्नो चलिआएको संस्कृती अनि परम्परालाई सकारात्मक सुधारको साथ वैज्ञानिक तवरले निरन्तरता दिने, एक अर्कालाई निस्वार्थ सहयोग गर्ने, हरेक सुखदुःखमा, सफलताअसफलतामा साथ दिने, एक अर्कालाई सबै भन्दा बढी विश्वास गर्ने जस्ता यावत कुरा समावेस हुन्छन। तसर्थ, विवाहित जोडीको विचमा प्रेम अपरिहार्य छ तर प्रेम जोडीको विवाह त्यो अवस्थामा मात्र हुन सक्छ जब तिनीहरु प्रेमको साथ साथ सम्झौता गर्न पुग्छन्।

सबै प्रेम जोडीहरूले सबै परिस्थितिमा सम्झौता गर्न उचित नहुन सक्छ। हाम्रो समाज धेरै पुरानो हो। समाजमा चलिआएको समाजिक परम्परा, धर्मसंस्कृती, चालचलन कस्ले कहिले कसरी सुरुवात गर्यो भन्ने यथार्थताको तथ्य हामिलाई सन्तोष पार्न सक्ने अवस्थामा छैन। अनि किन निरन्तरता पायो र हालसम्म पनि विद्यमान छ भन्ने कुरा पनि वहसको विषय नै हो। तर वास्तविकता यो हो कि हिंसात्मक र अरु एकादुई बाहेक सबैको निरन्तरता दिनु हाम्रो बाध्याता हो किनकी कुनै प्रचलन अनि प्रथालाई मान्दिन भन्नको लागि सामर्थ्य राख्न सक्ने अवस्थामा हामी छैनौ। कुरा यो पनि हो कि कुनै विकल्प नै नभएको परम्परा, सामाजिक नियम बनिसकेको प्रचलन अनि प्रथालाई मान्नु पनि हामी जस्तो सामजिक प्रणिको कर्तव्य, दायित्व, जिम्मेवारी, धर्म सबै हो। सामाजिक नियम मान्दै गर्दा चेतनशील भएकोले आफ्नो विवेक प्रयोग भने अवश्य नै गर्नु पर्छ। पितृसत्तात्मक भनिएको समाज अनि सामाजिक, धार्मिक एवं परम्परागत नियम र सकारात्मक प्रचलनले निर्दिष्ट गरे बमोजिम अविवाहित र विवाहित व्यक्तिको सामजिक दायित्व र जिम्मेवारी अनि कर्तव्य र जिवनशैली केहिहद सम्म फरक भने अवश्य नै हुन्छ। तर यसको अतिरिक्त प्रेमिसँगको विवाहले तपाईँको व्यक्तिगत विकासका क्षेत्रहरुमा कुनै पनि किसिमको नकारात्मक असर पर्दैन, तपाईं आफुले ‘आफु’ भएर नै जिउने वातावरण पाउनुहुन्छ, आफ्ना इच्छा, चाहना, आवश्यकता, सन्तुष्टि सहजै प्राप्त गर्न सक्नु हुन्छ, आफ्नो अधिकारमा कटौती हुँदैन, आफ्नो जिम्मेवारी सहजै निभाउन सक्नु हुन्छ, आफ्नो उदेश्यको पथतिर लम्किदै गर्दा साथ र सहयोग मिल्छ भने तपाइँहरुले त्यो सम्झौता गर्नु फलदायी हुन्छ। यसै पनि अरु सबैभन्दा नजिक महसुस गरिरहेको र एकअर्का प्रति विश्वास र भरोसा स्थापित भैसकेको हुनाले जिवनशैलि झनै सहज अनि सरल हुन्छ। यो सबै पक्ष सोचेर बैवाहिक सम्बन्धमा गाँसिनु भयो भने जिवनशैली सहज सरल हुनुका साथै आफुलाई सुरक्षित महसुस गर्न पनि सक्नु हुन्छ अनि समाजमा चलिआएको अवैज्ञानिक अबधारणा धेरै हदसम्म परिवर्तन हुन सक्दछ।